आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेनाको जहाज दुर्घटना: १०६ यात्रु सवार जहाजको भग्नावशेष आन्डमन सागरमा फेला

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • -एजेन्सी
    जेठ २५, यांगुन । एक सयभन्दा बढी यात्रु बोकेको म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेलापरेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १ सयभन्दा बढी सैनिक र उनीहरूका परिवार सवार थिए । ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएपछि नौसेनाका जहाजले विमान खोजी गरेका थिए ।

    ‘दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेलापारेका छन्,’ मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाले बताए । नौसेनाले समुद्रमा खोजीकार्य तीव्र पारेको पनि उनले बताए । विमानभित्र कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानभित्र चालक दलका १४ सदस्यसहित १०६ यात्रु थिए । यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार थिए । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए ।

    बेपत्ता विमानको खोजीका लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको थियो । म्यानमारमा अहिले वर्षात् मौसम सुरु भइसकेको छ । तर, दुर्घटनाको समयमा आकाशमा कुनै खराब मौसम नदेखिएको बताइएको छ । ‘विमानमा प्राविधिक समस्या आएको हुनुपर्छ, विमान उडेको आकाशमा मौसम सफा थियो,’ विमानस्थल स्रोतको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । चीनमा निर्मित सो विमानलाई म्यानमारको सेनाको सामान ओसारपसारका लागि प्रयोग गथ्र्यो । सो विमान सेनाले गत वर्षको मार्चमा किनेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij