आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसदमा बहुमत गुमेकोमा ब्रिटिश प्रधानमन्त्रीद्वारा क्षमायाचना

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४



  • ब्रिटेनमा प्रधानमन्त्री थेरेसा मेले संसदीय चुनावमा बहुमत गुमेकोमा दुःख व्यक्त गर्दै कन्जरभेटिभ पार्टीका नेता र सांसदहरुसँग क्षमायाचना गरेकी छन् ।

    आफना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री मे ले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताएकी छन् ।

    उनले आफनो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट पारिन् ।

    बेलायतमा हालै सम्पन्न संसद्को निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मे ले १० सीट रहेको डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहयोगमा नयाँ सरकार बनाउन लागेकी छिन् ।

    सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थीर सरकार निर्माणमा आफ्नो जोड रहने बताउनुभयोबताइन् ।

    ६ सय ५० सदस्यीय हाउस अप्m कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सिट मात्र जितेको छ ।

    स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो ।

    अघिल्लो संसद्मा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij