आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्रोहीको कब्जामा रहेको सिरियाको डेरा शहरमा ४८ घण्टे युद्धविराम

  • प्रकाशित मिति : आइतवार, असार ४, २०७४



  • काठमाडौं । सिरियाको दक्षिणी शहर डेरामा विद्रोहीले कब्जा गरेको इलाकामा अस्थायी युद्धविरामको सहमति भएको छ ।

    एक हप्तासम्म लगातार बमबारी गरेको सिरियाली सरकारले यो युद्धविराम ४८ घण्टासम्म कायम रहने जनाएको छ । सिरियाली सरकारले गरेको युद्धविरामलाई अमेरिकाले स्वागत गरेको छ ।

    उता सिरियाका लागि संयुक्त राष्ट्र संघका दूत स्टेफान डे मिस्टुराले सिरिया र युद्धमा सामेल अन्य देशबीच फेरि शान्ति वार्ता शुरु हुनसक्ने बताएका छन् । उनले आगामी जुलाई १० मा शान्ति वार्ता सुरु गर्न चाहेको बताएका हुन् ।

    यसअघि गतवर्ष सिरिया शान्तिवार्ताका लागि संयुक्त राष्ट्र संघका अधिकारी, बसर–अल–असद नेतृत्वको सिरियाली सरकार र विद्रोही समूहका प्रतिनिधिबीच निकै बैठक भएका थिए ।

    तर ती बैठकमा सिरिया संकट समाधान गर्न कुनै ठोस सहमति भएको थिएन । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij