आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • बेंग्लोर  । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् ।

    राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका ट्राफिक सब इन्सपेक्टर एमएल निजलिंगप्पालाई बेंग्लोर प्रहरीले पुरस्कार दिने भएको हो ।

    उनलाई दिइने पुरस्कारको बारेमा भने खुलाइएको छैन । उक्त सहरको पूर्वी विभागका डेपुटी कमिश्नर अफ पुलिस ट्राफिक अभय गोयलले ट्वीटरमा ती ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् ।

    बेंग्लोर ट्रिनिटी सर्कलमा ड्युटीमा तैनाथ रहँदा उनले राष्ट्रपतिको सवारीलाई समेत परवाह नगरी जाममा फसेको एम्बुलेन्सलाई बाटो खुलाएका थिए । उनको सो कदमलाई स्थानीय मिडियाले समेत निकै प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij