आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्कृष्ट गाडी क्रेटा

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • सवारीसाधन दैनिक जीवनको अंग बनेसँगै अटोमोवाइल कम्पनीहरुले ग्राहकको मन जित्न यिनीहरुको स्वरुप, सुविधा र सुरक्षामा विशेष ध्यान दिन थालेका छन्।

    कुनै कम्पनीले आफ्नो गाडीको प्रचार–प्रसार गर्न सम्झौता गर्दैन तर यसका बावजुद कुनैले ग्राहकको मन जित्न सक्दैन र बजारमा ओझेलमा पर्छ। कुनै गाडी भने वर्षौंसम्म ग्राहकको रोजाइमा परिरहन्छ।

    नेपालमा ग्राहकको मन यसैगरी जित्न सफल गाडीमध्ये एक हो, हुण्डाइ क्रेटा।

    क्रेटाको सुन्दर आवरण, गुणस्तर, कम्पनीले दिने बिक्रीपछिको सेवालगायतका कारणले यसले राम्रो बजार लिएको हुण्डाइको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का डेपुटी जनरल म्यानेजर रुपेश शर्मा भट्ट बताउँछन्।

    नेपालमा अहिले एसयुभि सेग्मेन्टमा क्रेटाले मात्र करिव ५० प्रतिशत बजार हिस्सा ओगटेको भट्टको दाबी छ। क्रेटा चीन र भारतमा लन्च भएको फोटो सामाजिक संजालमा बाहिरिएपछि धेरै ग्राहकले यो नेपालमा कहिले आउँछ भनेर कौतुहलता देखाएको उनी बताउँछन्।

    २०७२ सालको भूकम्पले देशको अर्थतन्त्र थिल्थिलो भएको बेला सोही वर्ष भदौ २५ गते क्रेटा नेपाली बजारमा भित्रिएको थियो। तर, क्रेटा नेपाली बजारमा आएको केही समयमै भारतीय नाकाबन्दी सुरु भयो जसले सारा अटोमोवाइल क्षेत्र नै नराम्रोसँग थलियो।

    यस्तो परिस्थितिमा पनि क्रेटाले गति लिन सफल भयो र एसयुभि सेगमेन्टमा आफ्नो वर्चश्व जमाउन सफल भयो।

    क्रेटा नेपाल भित्रिनु अघि नै भारत र चीनमा अत्यधिक सफलता बटुलेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का सिनियर ब्राण्ड म्यानेजर आवाशिष ओझा बताउँछन्। उनले भने, ‘क्रेटा यहाँ पनि बहुप्रतिक्षित थियो।

    यहाँ मन पराइन्छ भन्ने त थाहा थियो तर यति हदसम्म मन पराइन्छ भन्ने आकलन पनि गरेको थिएनौं।’ प्रिबुकिङ राम्रो भएपनि नाकाबन्दीका कारण गाडी सीमामै रोकिएपछि अप्ठेरो परेको ओझाले सम्झिए।

    ‘नाकाबन्दीमा सबै कम्पनीको गाडी रोकियो तर खुलेपछि क्रेटाको सेल्स बाढी आएको झैं भयो। ग्राहकले यति पर्खेर पनि क्रेटा नै रोज्नु भनेको हाम्रो लागि निकै खुसीको कुरा हो,’ उनले भने।

    हालसम्म करिव २ हजार ३ सय वटा क्रेटा बिकेको र राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा केही लचकता आए माग उच्च हुने डेपुटी जनरल म्यानेजर भट्टको विश्वास छ। क्रेटाले २०१६ मा इन्डियन कार अफ द इयर अवार्ड पनि जितेको थियो।

    के छ क्रेटामा विषेशता ?

    कम्पनीका अनुसार शक्तिशाली बडी, उच्च क्षमताको इन्जिन, टिकाउ र चलाउनका लागि आरामदायी ‘क्रेटा’ हुण्डाइकै फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसोफीमा आधारित छ।

    यो १.४ लिटर र १.६ लिटरको डिजल इन्जिन र १.६ लिटरको पेट्रोल इन्जिनमा उपलब्ध छ। यिनीहरुको माइलेज पनि इन्जिनअनुसार फरक छ। १.४ लिटर डिजल र १.६ लिटरको पेट्रोल इन्जिनमा ६–स्पीड म्यानुअल ट्रान्समिसन र १.६ लिटरको डिजल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन भएको सिनियर ब्राण्ड म्यानेजर ओझाले जानकारी दिए।
    क्रेटाको लम्बाई ४२७० मिमि, चौडाई १७८० मिमि र उचाई १६३० मिमि छ। यसको ह्वील बेस २५९० मिमि र ग्राउण्ड क्ल्यिरेन्स १९० मिमि छ।

    यसमा एन्टी लक ब्रेक सिस्टम छ जसले चिप्लो बाटोमा चक्कालाई लक गर्न मद्दत गर्छ। त्यस्तै यात्रु र चालकको सुरक्षालाई विशेष ध्यानमा राख्दै अगाडि, साइडमा दुई–दुई वटा र कर्टेन एयरब्याग छ।
    सुरक्षाका लागि क्रेटामा हिलस्टार्ट एसेट कन्ट्रोल (एचएसी) दिइनुका साथै पार्क गर्न रियर पार्किङ असिस्ट सिस्टम समावेश छ। क्रेटामा रियर एसी भेन्टका साथै पछाडि कप होल्डर सहितको आर्मरेस्ट, ५ इन्चको टच स्क्रिन अडियो सिस्टम, अडियो र ब्लुटुथ कन्ट्रोलसहितको मल्टि फङ्सन स्टेरिङ ह्वील छ।

    यसको बुट स्पेस ४०२ लिटरको छ भने इन्धन ट्याङ्किको क्षमता ५५ लिटर छ। क्रेटामा यात्रा गर्दा बाहिरी आवाज र हावाको समस्या नहुने पनि कम्पनीले दावी गरेको छ। यसमा अटोमेटिक टेम्परेचर (तापक्रम) कन्ट्रोलको सुविधा समावेशे छ।

    यो फ्यान्टम रेड, मिस्टिक ब्लु, पर्ल बेज, पोलार ह्वाइट, स्टारडस्ट, स्लीक सिल्भर र फ्यान्टम ब्ल्याक गरी ७ रंगमा उपलब्ध छ।

    देशैभरी एउटै सेवा

    नेपालमा हुण्डाइको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका थ्रिएस सेन्टरहरुमा (सेल्स, सर्भिस, स्पेरपार्ट) सम्पूर्ण सेवा सुविधा एउटै भएकाले जहाँबाट गाडी खरिद गर्दापनि ग्राहकले एउटै सेवा सुविधा पाउने ओझा बताउँछन्।

    ‘हाम्रो लागि सबै ग्राहक एउटै हुन्। काठमाडौका ग्राहकले पाउने सेवा सुविधा र मोफसलकाले पाउने एकै किसिमका छन्। हुण्डाइको सोरुमको लागि पनि एउटा निश्चित मापदण्ड तोकिएको हुँदा देशैभरिका सोरुम करिव एकै किसिमका छन्।’ नेपालमा हुण्डाइका १६ वटा सर्भिस सेन्टर छन्।

    कति पर्छ मूल्य ?
    यसको मूल्य मोडल अनुसार फरक छ। कम्पनीले पेट्रोल इन्जिनमा क्रेटा ‘इ’को ४२ लाख ५६ हजार, ‘इ’ प्लसको ४५ लाख ९६ हजार, एसएक्स प्लसको ५२ लाख ५६ हजार मूल्य निर्धारण गरेको छ। त्यस्तै डिजेल इन्जिनमा क्रेटा एसएक्स प्लस ए टि (१५९१ सिसी) को ५६ लाख ५६ हजार, एसएक्स प्लसको ५८ लाख ५६ हजार, एसएक्स प्लस ए÷टि (१५८२ सिसी) को ६२ लाख ५६ हजार र एस एक्स ‘ओ’ को ६१ लाख ९६ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij