प्रकाशित मिति : शनिबार, असार १०, २०७४

विविध प्राविधिक समस्याका कारण ढिलो गरी शुक्रबार सार्वजनिक गरिएको आयव्यय विवरणमा रु ७९ लाख ८४ हजार तीन सय १२ बचत भएको देखाइएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न शीर्षकमा आम्दानी रु एक करोड ७० लाख २४ हजार उनासी भएकामा सम्पूर्ण व्यवस्थापकीय खर्च कटाएर सो रकम बचत भएको सङ्घका कोषाध्यक्ष ललितजङ्ग शाहले बताए ।
दानबाट करिब रु एक करोड मूल्यको चार कट्ठा जग्गा पनि प्राप्त भएको छ । सोही जग्गामा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij