आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेक्सिकोमा पत्रकारमाथिको हिंसा बढ्दो, छ महिनामा छ पत्रकार मारिए

  • प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४



  • मेक्सिको सिटी । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो ।

    उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । तर प्रहरीले उनको जिवीतै उद्वार गर्न सकेन ।

    साल्भादोर आदामे नामका ती पत्रकार मेक्सिकोको एक स्थानीय टेलिभिजनका प्रमुख हुन् । स्थानीय टेलिभिजनमा सुरुमा सम्वाददाता र हाल प्रमुख लगानीकर्ताका रुपमा उनी कार्यरत थिए ।

    उनलाई मे १८ मा बन्दुकधारीहरुले आफ्नै कार्यालय नुएबा इटालियाबाट घेरामा हालेर अपहरण गरेका थिए । मुखका माक्स लगाएका बन्दुकधारीले अपहरण गरी लगेका थिए र ती अपहरणकारीको पहिचान खुल्न सकेको थिएन ।

    उनी यसबर्ष मेक्सिकोमा हत्या भएका पत्रकारमध्ये छैठौँ हुन् । यसरी यस वर्ष हरेक महिना एकजना पत्रकार मेक्सिकोमा मारिन पुगेका छन् ।

    यहाँ सन् २०० यता उनी समेतगरी कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रुपमा रहेको छ ।

    यसरी मारिएका पत्रकारहरुका हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकार माथि मेक्सिकोमा ठूलो हत्या हिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाई भने कुनै पनि निकायबाट हुने गरेको छैन ।

    यहाँको र विश्वकै पत्रकारिता र पत्रकारको अधिकारसँग सम्बन्धित निकायहरुका अनुसार पत्रकारका हत्यारालाई मेक्सिकोमा कारबाही नहुनाले नै यहाँको पत्रकारिता व्यवसाय नै जोखिमपूर्ण हुदै गएको छ ।

    यी संस्थाहरुद्वारा हालै प्रकाशित एक प्रतिवेदन अनुसार पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा सम्लग्नमाथि कारबाही नै भएको छैन ।

    यसरी ९० प्रतिशत हत्यारामाथि नै कारबाही नभएपछि यहाँ दण्डहीनता दिन प्रतिदिन बढेको र पत्रकारहरुमाथि हिंसात्मक हमला हुने गरेको बताइएको छ ।

    अदामेको शव जलाइएको अवस्थामा पाइएको थियो । डिएनए परीक्षण पछि शव उनैको भएको पुष्टि प्रहरीले गरेको छ । प्रहरीले उनका हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्ने जनाएको छ ।

    मेक्सिकोका पत्रकारहरुले यहाँका राष्ट्रपतिसँग उनीहरुको सुरक्षाको विषयमा ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा राष्ट्रपतिले पत्रकारको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको सार्वजनिक गरेको दुई दिनपछि मे १८ पत्रकार आदानेको अपहरण भएको थियो ।

    रिपोर्टर्स् विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हिंसा हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ ।

    विश्वमा पत्रकार मारिने जोखिमको सूचीमा सिरिया पहिलो स्थानमा र अफगानिस्तान दोस्रोमा पर्दछ । सिरियामा पछिल्लो समयमा सरकारका विरुद्धमा सुरु भएको आन्दोलन हिंसा र गृहयुद्धमा परिणत भएको छ । जसले गर्दा यहाँका पत्रकारहरु सरकारी र विद्रोही सेनाको बन्दुकका निशाना बन्नु परेको छ ।

    त्यस्तै पत्रकार मारिने विश्वको दोस्रो सूचीमा पर्ने अफगानिस्तानमा पनि तालिबानहरुले पत्रकारलाई तारो बनाउने गरेका छन् । गत बर्षमात्र मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । यसरी यहाँ हरेक महिना एकजना पत्रकारले ज्यान गुमाउने गरेको तथ्याङ्क छन् ।

    पत्रकारहरुले यस्ता आक्रमणको विरोधगर्र्दै पत्रकारको सुरक्षाका लागि सरकारसँग बिशेष आग्रह गर्ने गरेका छन् । तर पनि सरकारले भने पत्रकारका हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij