आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय सेनालाई १९६२ को युद्ध स्मरण गर्न चिनियाँ सेनाको चेतावनी

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • चीन–भारत सीमा विवाद बढ्दै गएपछि चीन सरकारले भारतीय सेनालाई सन् १९६२ को युद्ध स्मरण गर्न चेतावनी दिएको छ ।

    बीबीसीकाअनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै चिनियाँ सेनालाई नजिस्क्याउन चेतावनी दिएको हो ।

    चीनले भारतलाई सिक्किम सेक्टरको डोङलोङ क्षेत्रबाट तत्काल भारतीय सेना फिर्ता बोलाउनसमेत आग्रह गरेको छ ।

    भारतले भुटानलाई ‘ढाल’ बनाएर चीन, भारत र भुटानबीचको त्रिकोणात्मक सीमा क्षेत्रमा सडक निर्माण गरिरहेको र त्यस क्षेत्र भुटान र भारत दुबैको भूमि नरहेको चीनको दाबी छ ।

    भारतीय सेनाले विवादित क्षेत्रबाट बंकर हटाउन नटेरेपछि बिहीबार चिनियाँ सेनाले भारतीय पक्षबाट बनाइएका बंकर सैनिक बल प्रयोग गरेर भत्काइदिएको थियो ।

    डोजरसहित आएका चिनियाँ सेनालाई रोक्न भारतीय सेनाले मानवसाङ्लो बनाएका थिए । तर, चिनियाँ सेनाले ठेलेर भारतीय सेनालाई हटाएपछि डोजर चलाएर बंकर भत्काइदिएको हो ।

    विगत एक महिनाको अवधिमा त्यस क्षेत्रमा चिनियाँ सेनाले चारओटा बंकर भत्काइसकेको छ ।

    गत मंगलबार चीन सरकारले कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि खोलिएको ‘नाथुला’ प्रवेशद्वारसमेत बन्द गरिसकेको छ ।

    चीनले भारतीय पक्षले सिक्किम क्षेत्रको चिनियाँ भू–भागमा अनधिकृतरुपमा सीमा अतिक्रमण गरेको भन्दै नयाँदिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाइसकेको छ ।

    भारत र चीनबीच लामो समयदेखि करिब ४ हजार किलोमिटर सीमा क्षेत्रमा झन्डै आधा हिस्सामा विवाद चर्कंदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij