छ्याङ्दी हाइड्रोको आइपिओ शनिबार एक कार्यक्रमका बीच बाँडफाँड गरिएको छ। ५ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
बाँडफाँडअनुसार ७१० युनिटभन्दा तल अर्थात ७१ हजारभन्दा थोरै रकमको आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। त्योभन्दा माथिको आवेदन दिनेलाई १ दशमलव २५ प्रतिशतले सेयर वितरण गरिएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
माग गरिएकोभन्दा ७४ गुणा बढी रकमको आवेदन परेको थियो। कुल ३२ हजार ८ सय २४ जनाले सेयर पाएका छन्। ९१ हजार ६ सय ९७ जनाले सेयर माग गरेका थिए। म्युचुअल फण्ड तथा कर्मचारीका लागि ३७ हजार ८ सय कित्ता सेयर छुट्याइएको छ। कम्पनीको लमजुङको छ्याङदीखोलामा २ मेगावाटको आयोजना बन्दैछ।

