आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्जमामको एक करोड पुरस्कार विवादमा

  • प्रकाशित मिति : शुक्रबार, असार २३, २०७४



  • भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि एक करोड रुपैयाँबाट पुरस्कृत पाकिस्तानी छनोट समितिका संयोजक तथा पूर्व क्रिकेटर इन्जमाम उल हक विवादमा तानिएका छन्।

    उनलाई यति ठूलो रकमबाट पुरस्कृत गरेकोमा पाकिस्तानका दुई पूर्व क्रिकेटरले विरोध गरेका छन्। इस्लामाबादमा गत मंगलबार प्रधानमन्त्री नवाज शरिफले विजेता पाकिस्तानी टोलीसहित उनलाई पनि सम्मान गरेका थिए। यस अवसरमा छनोट समितिका तौसिफ अहमद, वासिम हैदर र वजाहतुल्लाह वस्तीलाई पनि १०–१० लाख बाट पुरस्कृत गरिएको थियो।

    पूर्व छनोटकर्ता इकबाल कासिमले भने, ‘छनोट समितिका संयोजकलाई यति ठूलो धनराशी उपलब्ध गराउनुको कुनै तुक छैन्। मुख्य प्रशिक्षक र प्रशिक्षणमा संलग्न अन्य व्यक्तिलाई ५० लाख दिइएको छ। फेरि प्रमुख छनोटकर्ता र अन्य छनोट समितिका सदस्यबीच यति ठूलो भेदभाव किन?’

    पाकिस्तानी टोलीलाई प्रशिक्षण दिइसकेका मोहसिन खानले पनि इङ्ल्यान्डमा पाकिस्तानलाई जित दिलाउन महत्वपूर्ण योगदान गर्ने प्रशिक्षकलाई ५० लाख र छनोट समितिका संयोजकलाई १ करोड भन्दै प्रश्न उठाए।

    ‘यसअघि टिमले राम्रो प्रदर्शन गर्दा कहिले प्रमुख छनोटकर्तालाई पुरस्कृत गरिएको थियो? यो राशी खेल विकाशमा लगाउन सकिन्थ्यो,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij