शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारतमा गाडीको मूल्य घट्यो

  • प्रकाशित मिति : शनिबार, असार २४, २०७४



  • सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेपछि नेपाली बजारमा पार्ने असरबारे सबैको चासो छ।

    यही क्रममा भारतका केही ठूला अटोमोबाइल कम्पनीले आफ्ना विभिन्न मोडलका सवारीसाधनको मूल्य घटाएको घोषणा गरेका छन्। साबिकमा लाग्दै आएको बिक्री तथा अन्य करलाई एकल जिएसटीले प्रतिस्थापन गरेपछि यो मूल्य घटेको हो।

    त्यसो भए भारतबाटै आयात हुने सवारीसाधनको मूल्य घटेको लाभ नेपाली उपभोक्ताले पनि पाउलान्?

    यसका लागि पहिले कुन कम्पनीले आफ्ना उत्पादनमा कति मूल्य घटाएका छन्, हेरौं।

    इकोनोमिक टाइम्सका अनुसार भारतमा ठूलो बजार हिस्सा ओगटेको हुन्डाईले ५.९ प्रतिशतसम्म मूल्य घटाएको छ। कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीमा फरक–फरक दरमा मूल्य कम गरेको हो।

    बिक्री मूल्य घटाउने अन्य कम्पनीहरू स्कोडा, टाटा, मारुति सुजुकी, निसान, डाटसन हुन्।

    स्कोडाले ७.४ प्रतिशतसम्म मूल्य कम गरेको छ भने निसान र मारुति सुजुकीले ३ प्रतिशतसम्म घटाएका छन्। टाटाले कार्गो गाडीमा ०.३ देखि ४.२१ र यात्रुवाहकमा ८.२ प्रतिशतसम्म मूल्य कटौती गरेको छ।

    अटोमाबाइल्स बजारबारे जानकारी दिने ‘कारदेखो डटकम’ले केही मोडलका गाडीको घटेको मूल्य ठाउँअनुसार उल्लेख गरेको छ। हामीले यहाँ नेपालमा चल्ती भएका मोडलका गाडीको भारतीय बजार मूल्य उल्लेख गरेका छौं।

    हुन्डाइ-

    मोडल घटेको मूल्य दिल्लीमा (भारु) घटेको मूल्य मुम्बइमा (भारु)
    इयन १ हजार १८ देखि २३ हजार
    ग्रान्ड आइ १० ४ देखि ७ हजार ३२ देखि ३९ हजार
    इलाइट आइ२० ५ देखि १० हजार ३३ देखि ५५ हजार
    क्रेटा ३६ देखि ६३ हजार ९० हजारदेखि १ लाख ४० हजार
    टुसान ८७ हजारदेखि १ लाख १५ हजारसम्म १ लाख ९२ हजारदेखि २ लाख ४८ हजारसम्म

    मारुति सुजुकी-

    मोडल घटेको मूल्य दिल्लीमा (भारु) घटेको मूल्य मुम्बइमा (भारु)
    अल्टो ८०० १ हजार १३–१७ हजार
    बलेनो १–२ हजार २९–४२ हजार
    बलेनो आरएस ३२ हजार ७८ हजार

    स्कोडा-

    मोडल घटेको मूल्य दिल्लीमा (भारु) घटेको मूल्य मुम्बइमा (भारु)
    अक्टाभिया २६ हजारदेखि १ लाख २० हजार ९१ हजारदेखि २ लाख १६ हजार
    सुपर्व १ लाख १ हजारदेखि १ लाख २९ हजार २ लाख ३ हजारदेखि २ लाख ६ हजार

     

    यसरी भारतीय बजारमा कारहरूको मूल्य घटेपछि नेपाली बजारमा के असर पर्छ भनेर हामीले यी कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेताहरूसँग कुराकानी गर्यौं।

    उनीहरूका अनुसार भारतीय बजारमा घटेको मूल्यले नेपाली बजारमा कुनै फरक पर्दैन।

    टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको बिक्री विभागका सहायक जनरल म्यानेजर अर्जुन कार्कीले भारतको स्थानीय कर मात्र हेरफेर भएकाले यसले यहाँ कुनै असर नगर्ने बताए।

    ‘जिएसटी भारतको आन्तरिक बजारका लागि हो। यो त्यहीँ हुने खरिद–बिक्रीमा मात्र लागू हुन्छ। यो कर भारतबाट नेपाल निर्यात हुने सवारीसाधनमा लाग्ने होइन,’ कार्कीले थप प्रस्ट्याउँदै सेतोपाटीसँग भने, ‘नेपाललाई कम्पनीले जुन मूल्यमा पहिले गाडी उपलब्ध गराउँथ्यो, अहिले पनि त्यही हो। निर्यात मूल्यमा जिएसटीको कुनै भूमिका छैन।’

    भारतबाट हुने निर्यातमा जिएसटी नलाग्ने हुँदा भारतीय सवारीसाधनको मूल्य घट्दा नेपालमा नघट्ने उनी बताउँछन्।

    हुन्डाई नेपालको पनि भनाइ त्यही छ।

    ‘जिएसटी त्यहीँको स्थानीय बजारका लागि हो। हामीले आयात गर्ने मूल्यमा कुनै बदलाव हुँदैन। हामीकहाँ मूल्य यथावत हुनेछ,’ हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका वरिष्ठ ब्रान्ड म्यानेजर आवाशिष ओझाले बताए।

    कार्की र ओझाले दिएको जानकारीअनुसार भारतीय बजारमा सवारीसाधनको कुनै निश्चित मूल्यमा जिएसटी लागू भएको हो। पहिलेको तुलनामा यो कर कम भएकाले त्यहाँको आन्तरिक बजारमा मूल्य घट्यो।

    नेपाललाई निर्यात गर्ने मूल्यमा भने साविकमा लाग्दै आएको कर वा अहिलेको जिएसटी लागू हुँदैन। कम्पनीले नेपालका लागि तोकेको निश्चित निर्यात मूल्यमा पनि जिएसटीले केही असर गर्दैन।

    भारतबाट कम्पनीले निर्यात मूल्यमा कुनै परिवर्तन नगरेकाले नेपालमा सवारीसाधनको मूल्य नघट्ने उनीहरूले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij