मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

  • प्रकाशित मिति : शनिबार, असार २४, २०७४



  • काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।

    नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

    साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आइपुगेको छ ।

    यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड १५ लाख २० हजारको कारोबार भएको स्टकले जनाएको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij