आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छापिसकेको थियो सलमानको विवाहको कार्डः अन्तिम अवस्थामा नायिकाले गरेकी थिइन् अस्विकार

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • बलिउड नायिका र सलमान खानकी पूर्व प्रेमिका संगीता बिजलानीको आज जन्मदिन हो । संगिताको जन्म सन् १९६५ जुलाई ९ तारिखमा मुम्बईमा भएको थियो । संगीता आज ५२ वर्ष पुगेकी छिन् । उनको जन्मदिनको मौकामा हामी उनका जीवनसँग जोडिएका केही रोचक तथ्यबारे जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई थाहा नहोला ।

    संगिता बिजलानी सलमानकी पूर्व प्रेमिका हुन् भन्ने खबर सबैलाई थाहा छ तर निकै कमलाई थाहा होला कि दुबैको विवाह हुन लागेको थियो ।

    सलमान खानको बायोग्राफी ‘बिइंग सलमान’ का अनुसार सन् १९९४ २७ मे का दिन सलमान खानको जीवन परिवर्तन हुने दिन थियो तर यस्तो हुन सकेन । यस दिनमा सलमानले संगिता बिजलानीसँग विवाह गर्ने तयारी गरिरहेका थिए ।

    सलमान खान आफूभन्दा लगभग ६ महिना जेठी संगितालाई प्रेम गर्दथे । दुबैको विवाह हुने तयारीमा थियो । कार्ड पनि छापिएको थियो । विवाहको तयारी धुमधामका साथ चलिरहेका बेला अन्तिम अवस्थामा संगिताले विवाह गर्न अस्विकार गरेकी थिइन् ।

    खबरलाई मान्ने हो भने सलमान र संगिताबिच झगडा हुन लागेको थियो । सलमान खान सोमी अलीलाई डेट गर्न थालेका थिए ।

    सोमी अली पनि सलमानलाई मन पराउँथिन् र उनीसँग विवाह गर्न चाहन्थिन् । यी सबै कारणले अन्तिम अवस्थामा संगिताले सलमानसँग विवाह नगर्ने निर्णय गरिन् ।

    पछि एक अन्तर्वार्तामा संगिताले सलमान उनीसँग विवाह गर्न लायक नभएको बताएकी थिइन् ।

    करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा सलमान खानले उनलाई उनकी प्रेमिकाले चिटिङ गरिरहेको पक्राउ गरेपछि उनको विवाह हुन नसकेको स्विकार गरेका थिए ।

    सलमानसँग छुट्टीएपछि संगिताको भेट पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग भयो र दुबैले एक अर्कालाई डेट गर्न थाले ।

    अजहरुद्दीन पहिले नै विवाहित थिए र दुई छोराका बुवा थिए तर संगितासँग विवाह गर्नका लागि उनले आफ्नी जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरे र सन् १९९६ मा संगितासँग विवाह गरे ।

    दुबैको विवाह लामो समयसम्म चल्न सकेन र सन् २०१० मा दुबैको सम्बन्धविच्छेद भयो ।

    स्मरण रहोस्, संगिता बिजलानी र सोमी अलिका साथै सलमान खानको अभिनेत्री ऐश्वर्या राय र कट्रिना कैफसँग पनि प्रेम सम्बन्ध रह्यो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij