प्रकाशित मिति : सोमवार, असार २६, २०७४
सियान । चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् ।
चिनियाँ जनवादी क्रान्तिको आधार ईलाका यानान भ्रमणको क्रममा उनले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)को कार्यालय स्थल, सिपिसिको चर्चित साँतौ बैठक स्थल र शिर्ष नेताहरुको निवास स्थलको भ्रमण गरेका हुन् । उनको भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायतका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij