शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फेसबुकमा थपियो फिचर, अरू के आउँदैछन् नयाँ?

  • प्रकाशित मिति : सोमवार, असार २६, २०७४



  • फेसबुक आफ्ना प्रयोगकर्ताको सुविधाका लागि नयाँ–नयाँ फिचर तथा एपहरु ल्याउने प्रयास गरिरहेको छ। सूचना–प्रविधिबारे जानकारी दिने अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार फेसबुकले हाल प्रयोगकर्ताका लागि एकदमै उपयोगी हुनेखालका फिचर ल्याउन काम गरिरहेको छ भने कुनै ल्याइसकेको पनि छ।

    फेसबुक लाइभमा साथीहरुलाई ‘इन्भाइट’ गर्न सकिने-
    फेसबुकले लाइभ फिचरको लोकप्रियता हेर्दै यसमा नयाँ फिचर जोडेको हो। यो फिचरको माध्यमबाट आफूले फेसबुक लाइभ गरिरहेको बेला आफ्ना साथीहरुलाई इन्भाइट गर्न सकिनेछ। पहिले यो फिचर सेलेब्रेटीका फेसबुकमा मात्र उपलब्ध थियो तर हाल सबैका लागि खुला छ।

    फेसबुक ट्रेन्डिङलाई राम्रो बनाउने-
    फेसबुकका अधिकारीका अनुसार हाल मोबाइल एपमा ‘ट्रेन्डिङ टपिक’ खोज्न गाह्रो छ। त्यसैले, चाँडै न्यूज फिडमा तीन वटा ‘ट्रेन्डिङ स्टोरिज’ देखाउने को परिक्षण गरिने उनीहरुले बताएका छन्।

    फेसबुकबाट बैंक खाताको पासवर्ड ‘रिकभर’ गर्ने-
    हाल काम भइरहेको यो फिचर आएपछि कुनै पनि अनलाइन बैंकिङ पासवर्ड फेसबुक मार्फत् नै रिकभर गर्न सकिनेछ। तर, यस्तो एप विकास गर्न निकै ठूलो चुनौती हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij