१ हजार भन्दा बढी मार्केट स्टल (पसल) रहेको प्रसिद्ध पर्यटकीय स्थानमा भएको आगलागी नियन्त्रणमा लिन अग्नी नियन्त्रकहरुलाई तीन घण्टा भन्दा बढी समय लागेको थियो ।
नेपाली ब्यवसायी पनि प्रभावित
यसैबीच आगलागीमा नेपाली ब्यवसायीको समेत धनमालको क्षती भएको छ। खास गरेर नेपाली हस्तकला र पस्मिनाको ब्यापार गर्दै आइरहेका नेपाली व्यावसायीहरु घटनाबाट प्रभावित बनेका हुन्। कुन कुन व्यावसायीको के कती क्षती हुन पुग्यो भन्ने विवरण भने प्राप्त हुन् सकेको छैन।
लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरद राज आरणका अनुसार दूतावासलाई घटनामा नेपालीहरुको भोग्नु परेको क्षती बारे कुनै विवरण प्राप्त नभएको बताए। ‘आगलागीमा मानवीय क्षती नभएको भएर पनि दुतावासलाई धनमाल मात्र नष्ट भएको जानकारी नआएको हुन सक्छ’, प्रवक्ता आरणले सेतोपाटीसँग भने।
क्याम्डेन मार्केटमा झन्डै १ सय नेपाली पसलमा नेपाली ब्यावसायीले नेपाली हस्तकला लगायतका सामानको ब्यापार गर्दै आईरहेका छन्।
क्याम्डेनको लक मार्केट आगलागीमा २३ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको कुरा बेलायती संचार माध्यम हरुले जनाएका छन्।

