प्रकाशित मिति : बुधबार, असार २८, २०७४
पेरिस । फ्रान्सेली रष्ट्रपति इम्मानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो पहिलो विदेशी अतिथिको रुपमा पेरिसमा आमन्त्रण गरे भने अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्प यो सालको ‘व्यासटिल दिवस’ मा सहभागी हुनेछन् । उनी फ्रान्सेली राजप्रासादसम्म कुनै हालतमा पुग्ने छैनन् भन्नेमा विश्वस्त यी दुई विश्व नेताहरुसँग सम्वाद स्थापित गरेर म्याक्रोनले फ्रान्सको नयाँँ र महत्वाकांक्षी विदेश नीतिका लागि मञ्च तयार गरेका छन् ।
म्याक्रोन के संदेश दिन खोज्दैछन् भने उनी सम्झौताका लागि नयाँँ अवसरहरुको स्वागत गर्छन्— इच्छुक जो कोही सँग सम्वाद गर्ने तर मतभेदहरुलाई पनि उत्तिकै ध्यान दिने । उनको विदेश नीति युरोपप्रति प्रतिबद्ध रहँदै अन्तर्राष्ट्रिय मञ्चमा फ्रान्सलाई पुन केन्द्रबिन्दुमा स्थापित गर्न प्रयासरत छ ।
म्याक्रोनको वैदेशिक नीतिको प्रभावकारिता फ्रान्सको आर्थिक परिवर्तन गराउन सक्ने उनको क्षमतामा भर पर्छ र उनका पूर्ववर्ती फासाँ अल्याण्दबाट सिकिएको पाठ हो यो । मालीमा ईस्लामी आतंकवादीका विरुद्ध सैनिक हस्तक्षेप गर्नु बाहेक अन्तर्राष्ट्रिय मञ्चमा अल्यान्दले सम्झनलायक अरु केही गर्न सकेनन् किनभने फ्रान्सको कमजोर अर्थब्यवस्थाका कारण उनले देशभित्रै बिश्वसनीयता गुमाएका थिए ।
अहिले नै अल्यान्द असफल भएका ठाउँमा म्याक्रोन सफल हुन्छन् भन्नु त्यती उचित हुँदैन । तर के प्रष्ट छ भने म्याक्रोनसँग केही त्यस्ता बिशेष गुणहरु छन् जुन उनका पूर्ववर्तीहरुसँग थिएनन् जस्तो किः चमत्कारीक ब्यक्तित्व, विदेशी राजनेताहरुसँग सम्बन्ध गास्न क्ने खुबी (अंग्रेजिका सुबक्ता हुनु पनि यसको एउटा कारण) अन्तराष्ट्रिय मुद्दाहरुको दह्रो पकड, त्यस्तै आर्थिक सुधार कार्यन्वयन गराउने इच्छाशक्ति आदि ।
म्याक्रोन बाह्य तत्वहरुबाट पनि लाभान्वित हुनेछन् । जस्तो, फ्रान्समा मात्र नभएर सम्पूर्ण यूरोपभरि नै आर्थिक स्थितिमा महत्वपूर्ण सुधार आएको छ, अनि फ्रान्स तथा जर्मनी अधिकांश अन्तर्राष्ट्रिय मुद्दाहरुमा एकैतिर अभिमुख हुँदैछन् । त्यसमाथि ब्रिटेनको आत्म पृथकिकरण तथा ट्रम्पको ‘अमेरिका पहिला’ नीतिहरुले म्याक्रोनलाई बहुपक्षियताको मुख्य हिमायतीका रुपमा स्थापित गराउन ठूलो सहयोग गर्नेछ ।
म्याक्रोनले आर्थिक कायापलट गराए पनि फ्रान्ससँग न साधन न त संयुक्तराज्य अमेरिकालाई विश्व मञ्चबाट विस्थापित गराउने महत्वकांक्षा नै हुने छ । तर, म्याक्रोन अन्तर्राष्ट्रिय प्रणालीहरुमा फ्रान्सको केही ज्यादा प्रभाव रहोस् भन्ने अवश्य चाहन्छन् । यो आकांक्षाको मूर्तता उनले पुटिन र ट्रम्पलाई गरेको सम्बोधनले निर्धारण गर्ने छ ।
निर्वाचित भएको केही हप्तापछि नै राज्यको स्वामित्व रहेको रुसी मिडियाले आफूलाई लाञ्छना लगाउन ‘झुटो प्रोपागाण्डा’ प्रयोग गरेको भनेर उनले स्वयं रुसी राष्ट्रपति पुटिनकै अगाडि आलोचना गरे । चार्ल्स दे गाल पछी कुनै पनि फ्रान्सेली नेताले सार्वजनिक रुपमा रुसको बिरोधमा बोल्न सकेका थिएनन् । म्याक्रोनको दृष्टिकोणमा भने द्विपक्षीय सम्बन्धलाई आकार दिने कुनै पनि मतभेद पहिल्यै प्रष्ट राखिनु पर्छ र शक्तिको सक्रियता स्पष्ट पारिनुपर्छ, अनि मात्र सम्वाद सफल हुन सक्छ ।
रुस र फ्रान्सको सम्बन्धको मुख्य परीक्षा सिरियाले गर्छ । यो बिषय अहिलेसम्म म्याक्रोनले दक्षतापूर्वक सम्हालेका छन् । उनले जानेरै सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्तामा राखी राख्ने (पुटिनले चाहेको जस्तो वा सत्ताबाट च्युत गराउने (अमेरिका र अरु देशहरुले चाहे जस्तो) भन्ने कुरालाई पन्छाएका छन् । तर असदले फेरि पनि रासायनिक हतियार प्रयोग गरेमा फ्रान्सले सैनिक हस्तक्षेप गर्ने कुरालाई पनि स्पष्ट परेका छन् । म्याक्रोनको यो तरिकाको सफलताको सुनिश्चितता त छैन तर हालको लागि भने सिरियामा एउटा महत्वपूर्ण खेलाडीका रुपमा फ्रान्सले आफूलाई पुनःस्थापित गराउन सफल भएको छ ।
जहाँसम्म ट्रम्पको कुरा छ, म्याक्रोनको उनीसँगका मतभेदहरु बहुपक्षीय बिषयबस्तुसँग सम्बन्धित छन् । फ्रान्स तथा युरोप बहुपक्षीयतामा विश्वास गर्छन् जसमा एक अर्काका भार साझा गर्नु पनि पर्दछ । तसर्थ, वित्तीय अवनियमनलाई ध्यान नदिँदा पनि ट्रम्प प्रशासनको ब्यापार संरक्षणवादको नीति गम्भिर चासोको बिषय हो ।
ट्रम्पले ‘पेरिस जलवायु सम्झौता’ बाट पछि हट्ने भनी गरेको पतिबद्धता पनि म्याक्रोनका लागि समस्या भएको छ । उनी जर्मन चान्सलर एङ्गेला मर्केलसँग मिलेर अमेरिकाको यो निर्णय फिर्ता गराउन लागिपरेका छन् । यो प्रयास सफल भएमा म्याक्रोनले फ्रान्सलाई बहुपक्षीयताको प्रभावकारी पक्षधरका रुपमा स्थापित गराउन सक्षम भएको मानिन्छ ।
ट्रम्पसँगको वार्ताको म्याक्रोनको अर्को उद्देश्य आपसी मतभेदले आतंकवाद बिरुद्धको आफ्नो साझा लडाइलाई छाँयामा पर्न नदिनु पनि हो । सिरियाको बिषयमा फ्रान्सेली तथा अमेरिकीहरु निकै नजिकिएका छन् र ट्रम्पले रासायनिक हतियार प्रयोगमा ‘रातो रेखा’ कार्यन्वयन गर्न आफ्ना पूर्ववर्ती बाराक ओबामा भन्दा ज्यादा तदारुकता पनि देखाएका छन् । तर ट्रम्पको सिरिया नीति असंगत छ ः केही स्पष्ट धारणाहरु छन् भने अधिकांशमा ट्रम्प र उनको क्याबिनेट वीच नै मतैक्यता छैन ।
ट्रम्पको नेटोबाट अलग्गिने घुर्कीले अवस्य पनि फ्रान्स चिन्तित छस तर, अर्को तिर फ्रान्सले जहिले पनि सामरिक स्वायत्तताका लागि सक्षम हुन चाहेको पनि छ । म्याक्रोन के आश गर्छन् भने अमेरिकाको सामरिक सुनिश्चितता कमजोर हुने बित्तिकै यूरोपियन मुलुकहरुले अहिलेसम्म एउटा साझा सुरक्षा ब्यवस्था गठन गर्न जुन ढिलाइ गरेका छन्, त्यसको प्राथमिकता प्रति बिश्वस्त हुने छन् र सो को स्थापना गर्ने छन् ।
समग्र यूरोपको आफ्नो सुरक्षा ब्यवस्थाको अड्चन बनेका अनेकन आर्थिक, सामाजिक तथा सांस्कृतिक कारणहरु छन् साथसाथै फ्रान्सेली औधोगिक वृत्तभित्रका ती पक्षहरु पनि उत्तिकै दोषी छन् जो रक्षा ठेक्काका खुला टेण्डरको विरोध गर्छन् । तर, प्रगतिका लक्षणहरु पनि देखा पर्दैछन् । मुख्य रुपमा युरोपेली आयोगले पहिलो पटक महत्वपूर्ण सैनिक कार्यक्रमका लागि आफै लगानी गर्ने भएको छ, बिशेषतः अनुसन्धान तथा बिकासको क्षेत्रमा ।
पैसा मात्रा होइन राजनैतिक (जुन अझ चुनौतिपूर्ण छ) इच्छशक्ति ब्यवस्थित गर्न पनि समय लाग्छ । तर अमेरिकाको बिश्वसनियतामाथि अनिश्चितता बढेपछी अनि युरोपेली रक्षा ब्यवस्थाको पहिल्यैदेखि बिरोध गर्ने बेलायत पनि युरोपियन युनियनबाट अलग्गिनुले जर्मनीलाई सुधारको आवश्यकताको बोध गराइसकेको छ । अवश्य पनि, यूरोपको लागि जे प्रगति हो फ्रान्सका लागि पनि हो किनभने युरोप उसको राष्ट्रिय शक्तिको गुणकको रुपमा काम गर्छ ।
अझै त (म्याक्रोन सिद्धान्त) भन्ने कुरो छैन, तर म्याक्रोनका विदेश नीतिका लक्षहरुमा संसारको ध्यान केन्द्रित हुँदैछ । गिर्दो अर्थब्यवस्थालाई उल्ट्याएर फ्रान्सको बिश्वसनीयता बढाउनु, फ्रेन्च–जर्मन गठबन्धनलाई यूरोपमा सुदृढ बनाउनु, विश्वमा युरोपको भूमिका बलियो बनाउनु तथा सबैसँग सम्बन्ध स्थापित गर्नुः यो यथार्थवादी पद्दति हो, अशिष्ट भने किमार्थ होइन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij