शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अलैँची ब्लकलाई पिकअप भ्यान र ट्रयाक्टर

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमलाई ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

    जिल्ला कृषि विकास कार्यालय इलाममा बुधबार आयोजित कार्यक्रममा देउमाई ब्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई एक पिकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गरे।

    परियोजनाअन्तर्गत ८५ प्रतिशत अनुदानमा पिकअप र ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले जानकारी दिए।

    पिकअपको मूल्य २१ लाख र ट्याक्टरको १८ लाख परेको कार्यालयले जनाएको छ । अलैँची ब्लक कार्यक्रममा साना सिँचाइलाई पाँच लाख, नर्सरी निर्माणमा छ लाख, कस्टम हायरिङ सेन्टरलाई १५ लाख, पोष्ट हार्भेस्ट सेन्टर निर्माणमा २० लाख, माटो परीक्षण शिविरलाई ६० हजार र बीउ बेर्नाका लागि ६० हजार उपलव्ध भएको शाहले बताए।

    इलाममा परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकाको आठघरेमा तरकारी ब्लक र देउमाई नगरमा अलैँची ब्लक सञ्चालनमा रहेका छन् । आठघरे तरकारी ब्लकमा यसअगाडि नै दुईवटा पिकअप भ्यान हस्तान्तरण गरिसकिएको छ । दुई हजार रोपनी क्षेत्रफलमा कुनै एक बालीलाई आधुनिकीकरण गरी यान्त्रीकरणतर्फ उन्मुख गराउनका लागि परियोजना सञ्चालन हुँदै आएको छ ।

    यस्तै, जिल्लामा धान, मकै, अदुवा, तरकारी लगायतका क्षेत्रमा २५ वटा पकेट कार्यक्रम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij