आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आतंककारी आक्रमणमा १६ सुरक्षाकर्मी मारिए

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • काबुल । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् ।

    सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् ।

    केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

    कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij