आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार (आज) जानकारी दिएका छन ।

    यस युद्धग्रस्त देशमा वासिंगटनले गरेको पछिल्लो शान्ति वार्ताको प्रयास असफल भएको थियो ।

    हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतंककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

    हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतंककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो ।

    अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटो मिसन इन अफगानिस्तान’द्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    प्रकाशित विज्ञप्तिमा दुभाग्यबस भएको यस घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन ।

    गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एकहवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए ।

    गत नोभेम्बरमा उत्तरपूर्वी प्रान्त कुन्दुजमा भएको अमेरिकाआवद्व हवाइ आक्रमणमा ३२ अफगान नागरिक मारिएका थिए ।

    सन् २०१५ को अक्टोबरमा अमेरिकाआवद्व एकहवाई आक्रमण अस्पतालमा पर्दा ४२ व्यक्तिको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij