शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक, ३ दिनमै ६ लाख बढीले हेरे

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको ३ दिनमै ६ लाखभन्दा बढीले हेरेका छन्। ट्रेलर सार्वजनिक भएको २४ घण्टा नवित्दै फिल्मको ट्रेलरलाई पाँच लाख बढीले हेरेका थिए।

    यसअघि फिल्म ‘लुट २’ को ट्रेलरले युटुवमा २४ घण्टा नबित्दै ३ लाख ३९ हजारले हेरेका थिए।

    झरना थापाद्धारा निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर २’ १० वर्ष अघिको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल हो। जसमा अभिनेत्री झरना थापा र अभिनेता स्व श्रीकृष्ण श्रेष्ठको अभिनय थियो।

    फिल्मको ट्रेलर ६ लाख २१ हजार बढीले हेर्दासम्म १४ हजार ६ सय उन्नाईस लाईक पाएको छ।

    भदौ १६ गते रिलिजको तयारीमा रहेको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिमान बानियाँको मुख्य भूमिका छ। सलमानले यसै फिल्मबाट डेब्यु गरेका छन्। फिल्मको गीत र ट्रेलर सार्वजनिक भएपछि नेपाली फिल्म बजारमा उनको चर्चा सुरु भएको थियो।

    फिल्ममा सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, अनुभव रेग्मी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ।
    हेर्नुस ट्रेलर

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij