आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘कपिल शर्मा शो’ बन्द हुनसक्ने कारणहरू

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • कपिल शर्माले सोनी च्यानलमा सञ्चालन गर्दै आएको ‘द कपिल शर्मा शो’ चाँडै बन्द हुने भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    कपिल शर्माको खराब स्वास्थ्यका कारण आजकाल शो को टिआरपी लगातार घटिरहेको छ भन्दैं सोनी टिभी कपिल शर्माको साथमा कन्ट्रयाक्ट रिन्यू गर्ने मुडमा नरहेको जनाइन्छ।

    समाचारमा जनायए अनुसार च्यानलको साथमा कपिलको सम्झौता अप्रिल २०१७ मा पुरा भइसकेको छ । तर, तीन महिना पछि पनि च्यानल र कपिलको बिचमा कुनै खालको डिल भएको छैन्।

    टिभीले शो बन्द गर्ने निर्णय लिने प्रमुख कारण कपिलको स्वास्थलाई मानिएको छ । रिपोर्टहरुका अनुसार पछिल्लो एक डेढ महिनामा कपिल तीन पटक सेटमा बेहोस भइसकेका छन् । यसै कारणले प्रमोशनको लागि आएका स्टारहरुलाई सुटिङ नगरीकन फर्कन परेको छ।

    हालसालै अनिल कपुर ‘मुबारकां’ को बाँकी स्टारकास्टको साथमा पुगेका थिए तर कपिलको स्वास्थ्य ठीक नभएको कारणले सुटिङ गर्न सकेनन्।

    यसअघि ‘जब ह्यारी मेट सेजल’को प्रमोट गर्न पुगेका शाहरुख खान र अनुष्का शर्मा पनि बिना सुट फर्किएका थिए र त्यस भन्दा पहिले परेश रावल ‘जब गेस्ट इन लण्डन’को प्रमोशनको लागि पुगेका थिए उनी पनि सुटिङ बिना नै फर्कनु परेको थियो।

    कपिल आफ्नो आउन लागेको फिल्म ‘फिरंगी’को सेटमा पनि बेहोस भइसकेका छन् ।

    टप १० बाट बाहिरियो ‘द कपिल शर्मा शो’

    कपिलको शो बन्द हुने दोस्रो कारण त्यसको घट्दै गएको टिआरपीलाई मानिएको छ । सुनिल ग्रोभर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेले शो छोडेपछि यसको टीआरपीमा भारी गिरावट आएको छ ।

    मे जुनको रेटिङमा शोको टिआरपीमा केही हदसम्म सुधार भएको थियो तर ताजा रिपोर्ट का अनुसार यो शो टप १० को लिस्ट भन्दा बाहिर छ। ताजा टिआरपी रिपोर्ट कार्डमा शो १४ औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij