आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल टेलिकमको डाटा प्याक अनलाइनबाट कसरी किन्ने?

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • नेपाल टेलिकमको सेवा लिइरहनु भएको छ तर डाटा प्याकको मूल्य कति पर्छ, कसरी लिने भनेर दोधारमा हुनुहुन्छ? यदि यस्तो हो भने अब तपाईको समस्या सहजै समाधान हुने भएको छ। किनकी

    टेलिकमले अनलाइनको माध्यमबाट किन्नमात्र होइन तिनको मूल्यसहितको जानकार पनि दिने भएको छ। मोबाइलबाट निशुल्क खोल्न मिल्ने टेलिकमको वेबसाइटमा गएर सस्क्राइब डाटा प्याक भन्ने आइकनमा क्लीक गरेर वा सिँधै एनटीसी डट एनइटी डट एनपी मा गएर खरिद गर्न सकिने भएको छ।

    यसमा सबैभन्दा पहिले www.ntc.net.np वा  http://offer.ntc.net.np/ जाने। त्यसपछि प्रिपेड वा पोष्टपेड छनौट गरेर प्याकेजको अप्सनमा क्लिक गर्ने। प्याकेजअनुसारको मूल्य आफै देखाएपछि मोबाइल नम्बर र त्यसपछिको अप्सनमा पीयूके (PUK)  नम्बर राख्नु पर्छ। पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ।

    नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा*1415# डायल गरेर पनि लिन सकिन्छ। त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ। तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij