शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

युटुबको ट्रेन्डिङमा ‘ए मेरो हजुर २’ शीर्ष स्थानमा

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव -अभिनेता सलिनमान बानियाँ अभिनित फिल्म ‘ए मेरो हजुर २’को ट्रेलर यतिबेला युटुबको ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ। मंगलबारसम्म फिल्म ‘छक्का पन्जा २’ को गीत पहिलो स्थानमा रहेकोमा बुधकार ‘ए मेरो हजुर’ले ठाउँ ओगटेको छ।

    शुक्रबार रिलिज भएको ट्रेलरले २४ घण्टा नबित्दै ५ लाख बढी दर्शकले हेरेका थिए। बुधबार ट्रेन्डिङमा पहिलो स्थानमा रहँदा ट्रेलरलाई ९ लाख ८७ हजार भन्दा बढीले हेरिसकेका छन्।

    झरना थापाद्वारा डेब्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा छ। यो फिल्म १० वर्ष अगाडीको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल हो। जसमा अभिनेत्री झरना थापा र अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठको अभिनय रहेकाे थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij