आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्धन लगाउने प्रस्ताव पारित, ट्रम्प समस्यामा

  • प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४



  • वासिंटन । अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको असहमतिकै बीच सिनेटले सो प्रस्ताव पारित गरेको हो । रिपब्लिकन र डेमोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको थियो भने विपक्षमा मात्र २ मत परेको थियो ।

    यसअघि अमेरिकी तल्लो सदनले पनि उक्त विधेयक भारी मतले नै पारित गरेको थियो । दुवै सदनबाट पारित भएको यो विधेयकमा अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि कानुन बन्ने छ ।

    रुससँगको सम्बन्ध सुधार गर्नुपर्ने पक्षमा रहेका राष्ट्रपति ट्रम्पलाई भने सदनबाट यो विधेयक पारित भएपछि समस्या भएको छ ।

    राष्ट्रपतिलाई विधेयकको विपक्षमा भिटो प्रयोग गर्ने अधिकार भने छ । तर राष्ट्रपतिले भिटो लगाए पनि अमेरिकी संसद्ले दुई तिहाई मतबाट भिटोलाई उल्ट्याइदिन सक्छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij