आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ आइफोनमा यस्ता हुनेछन् खास विशेषता!

  • प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४



  • आइफोन, यसको ‘क्रेज’ अन्य कुनै ब्रान्डका फोनभन्दा बढी छ। वर्षमा एक सिरिजका दुई मोडलका फोन बजारमा ल्याउने एप्पलले यसवर्ष आइफोनको १० औं वार्षिकोत्सव मनाइरहेको छ।

    प्रविधि सम्बन्धी समाचार प्रकाशन गर्ने म्याकवर्ल्डका अनुसार कम्पनीले हालसम्म १५ वटा आइफोन ल्याइसकेको छ। सुरुआतको आइफोनदेखि ७ प्लससम्म आइपुग्दा यसका स्वरुप, फिचर र प्रविधिमा धेरै परिवर्तन भएका छन्।

    र्षैपिच्छेका मोडल अनुसार भने धेरै वद्लाव ल्याउन नसकेको आरोप कम्पनीले खेप्दै आएको छ। यसका बावजुद आइफोन भनेपछि हुरुक्कै हुने प्रयोगकर्ता विश्वका प्रायः सबै देशमा छन्।

    यसवर्ष कम्पनीले आइफोन ८ लिएर आउँदैछ। आफ्नो १० औं वार्षिकोत्सवमा आइफोन निकै अलग भएर आउने अनुमान सबैले गरेका छन्।

    विगतका वर्षमा झैं यसवर्ष पनि आइफोन सेप्टेम्बरमै सार्वजनिक हुने पक्कापक्की छ। लामो समयदेखि नै चर्चा बटुलेको आइफोन ८ कस्तो हुनेछ भन्नेबारे प्रविधि सम्बन्धी समाचार प्रकाशन गर्ने समाचारमाध्यमले बारम्बार उल्लेख गर्दै आएका छन्।

    बाहिर सार्वजनिक भएका केही फिचर, अनुमान र विश्लेषणका आधारमा आइफोन ८ कस्तो हुनेछ भन्ने उनीहरुले उल्लेख गरेका छन्।

    हामी पनि हेरौं, आइफोन ८ कस्तो हुने आशा गरिएको छ?

    -होम बटनः नयाँ आइफोनको बाहिर सार्वजनिक भएका डिजाइनका फाटो हेर्दा सबैभन्दा ध्यान जाने कुरा होम बटनमा हो। आइफोनका प्रायः सबै मोडलमा भएको होम बटन यसमा हुनेछैन।

    -वायरलेस चार्जिङः यसमा वायरलेस चार्जिङ प्रविधि हुनेछ। अर्थात् यस्तो प्रविधिमा चार्ज गर्ने कुनै प्याड हुन्छ जसमाथि राखेर सिधै चार्ज गर्न सकिन्छ। चार्जरलाई प्लगमा लगेर जोडिरहन पर्दैन। तारबिहीन चार्जिङ सुविधा आइफोनमा पहिलोपटक हो।

    -कर्भ्ड एमोलेड डिस्प्लेः हामीले देख्दै आएको सामसुङ सेभेन एस एजको झैं यसको स्क्रिनको छेउ मोडिएको हुनेछ। यसमा ५.८ इन्चको स्क्रिन हुनेछ। यसको डिस्प्ले पूरा स्क्रिन भर हुनेछ।

    -दुई क्यामराः यसको अगाडि एक र पछाडि दुई वटा क्यामरा हुनेछ। यो फिचर आइफोनमा पहिलोपटक आउँदैछ।

    -मूल्यः यो हालसम्मकै महँगो आइफोन हुनेछ। यसको मूल्य एक हजार अमेरिकी डलर भन्दा बढी पर्नेछ। एक नयाँ प्रतिवेदनले यसको मूल्य ११ सयदेखि १२ सय अमेरिकी डलर पर्नसक्ने बताएको छ। यो भनेको एक लाख १० हजार रुपैयाँभन्दा बढी हो। यसमा हुने चिपसेटका कारण यो महँगो हुने बताइएको छ।

    -मेमोरीः पहिलेका आइफोन १६, ३२ र ६४ जीबीमा उपलब्ध थिए। आइफोन ८ भने १२८ र १२६ जीबीमा आउनेछ।

    -सुरक्षा फिचरः यसमा टच आइडी सेन्सर र फेस स्क्यानिङ प्रविधि हुनेछ। यसको अर्थ यसले अनुहार र औंलाको छुवाइ स्क्यान गरी फोन सुरक्षित राख्न मद्दत गर्छ।

    -यसमा हेडफोन ज्याक हुनेछैन।

    -धुलो र पानीले असर नगर्ने (डस्ट एण्ड वाटर प्रुफ) हुनेछ। तर, आइफोन ७ को तुलनामा पानीले असर नगर्ने क्षमता यसमा बढाइनेछ।

    यी फिचरहरूमा केही परिवर्तन हुन सक्नेछन्। आइफोन ८ को क्यामरा विशेषता, ब्याट्री क्षमताबारे भने हालसम्म कुनै जानकारी बाहिरिएको छैन।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij