प्रकाशित मिति : शनिबार, साउन १४, २०७४
वाशिंगटन डिसी । नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनासको कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् ।
नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् । जस मध्ये न बिर्सें तिमीलाई.., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि चर्चित रहेका छन् ।
नेपाली चलचित्रका लागि थुप्रै गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमामा आगामी अगस्ट १३ तारिख हुने भएको ईनासका पदाधिकारीले बताएका छन् ।
अन्तरराष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाका कृष्ण श्रेष्ठले सहभागिताका लागि अमेरिकाबासी नेपालीलाई आग्रह गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij