आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने सम्भावना

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ ।

    यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो ।

    सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए ।

    दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले निर्णय गर्न सकेको थिएन ।

    अहिले लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाईदिएको छ ।

    गएको जुनमा सम्पन्न आइओसी बैठकले पेरिस र लस एन्जलसले आपसी सहमतिमा आलोपालो ओलम्पिक खेल आयोजना गर्न सक्ने निर्णय गरेको थियो ।

    लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ ।

    यसअघि सन् २०२० को ओलम्पिक खेल भने जापानको टाकियोले आयोजना गर्दैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij