आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२२ हजार २०० समारोहमा सरिक हुँदै राजकूमार फिलीपले सक्रिय जीवनबाट अवकाश लिने

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • लण्डन । बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने बेलायतको राजदरबारबाट सोमबार (आज) जानकारी गराइएको छ ।

    महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनैपनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन् ।

    द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिंघम राजदरबारमा आगामी बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हनेछन् । उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुन्् ।

    दरबारका एक प्रवक्ताले भने, ‘यो नै सम्भवत राजकूमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर, उनले महारानीको उपस्थितिमा समय–समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।’

    बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकूमार फिलीपले यसै बर्षको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा घोषणा गरेका थिए ।

    उनले एलिजावेथ द्वितीयले सन् १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेकोे र त्यसपश्चात महारानीसँगको नाताले राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका छन् ।

    अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनेछन् भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन् । उनले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन् ।

    राजकूमार फिलीपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ रहेको छ । उनलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भएपनि उनी के समस्याका कारण अस्पताल पु¥याइएको थियो भन्ने दरबारले सार्वजनिक गरेको छैन ।

    ९१ बर्षीया महारानी र राजकूमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएका छन् । उनीहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकूमार चाल्र्स र नाती राजकूमार विलियमल हेर्दै आएका छन् ।

    ‘डुक अफ क्याम्ब्रिज’ विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकास लिएका थिए । अहिले विलियम तथा उनकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आएका छन् । रासस÷ एएफ्पी

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij