मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • जाजरकोट ।  जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ ।

    संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

    जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोरे कार्कीले ६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सदस्यहरुमा काँग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनुभयो ।

    जाजरकोटमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा काँग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए ।

    जिल्लाका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij