आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एन्ड्रोइड फोनमा भाइरसको हमला, डाउनलोड नगर्नुहोस् यो एप

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • गुगल प्लेस्टोरमा भाइरस हमला भएको छ। एन्ड्रोइडमा  ‘Lipizzan’ नामको भाइरस भएको प्रविधिसम्बन्धी वेबसाइट टेक डट ब्लोर्ज लगायतका समाचारमाध्यमले जनाएका छन्।

    यो भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेजहरु र कन्ट्याक्टको जानकारी लिने बताइएको छ। यति मात्र नभएर यसले कलहरु, स्क्रिन शट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा छ।

    यो भाइरसको आक्रमणमा पर्न सक्ने केही एपहरुको बारेमा गुगलले जानकारी दिएको छ। सबैभन्दा जोखिममा पर्नसक्ने एप Gmail, Hangouts, KakaoTalk, LinkedIn, Messenger, Skype, Snapchat, StockEmail, Telegram, Threema, Viber, Whatsapp लगायत छन्।

    गुगलले ‘Lipizzan’ एपलाई ब्लक गरेको थियो। डिलिट गर्दा पनि एक साताभित्रै ‘लिपिज्जन’ को नयाँ संस्करण प्लेस्टोरमा अपलोड भएको थियो। नयाँ संस्करणमा एपलाई नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजरको रुपमा डिजाइन गरिएको थियो।

    गुगलले आफ्ना लाखौं प्रयोगकर्तालाई जोगाउने प्रयास गरिरहँदा पनि धेरैपटक भाइरसको हमला भइरहेको हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij