शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्तो हुनेछ सामसुङले बनाउँदै गरेको ‘आइफोन ८’ को स्क्रिन

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • दक्षिण कोरियाली कम्पनी सामसुङ एप्पल ‘आइफोन ८’ को स्क्रिन बनाउन धमाधम लागि परेको छ। सामसुङले एकैपटक सातवटा उत्पादन लाइनबाट ‘ओएलइडी’ स्क्रिन बनाउने भएको हो।

    ‘ओएलइडी’ स्क्रिन आइफोनमा पहिलोपटक राखिन लागिएको यो। यसको पूरा रुप अर्ग्यानिक लाइट इमिटिङ डिओड्स हो। यो ‘ओएलइडी’ स्क्रिनले आफैं प्रकाश दिने भएकाले यसमा ब्याकलाइट जरुरत पर्दैन। ब्याकलाइटका लागि छुट्टै सिस्टम राख्न नपरेपछि स्क्रिन झनै पातलो र एलसिडी भन्दा प्रभावकारी हुन्छ।

    यसअघि एप्पलले आफ्नो घडीमा ‘ओएलइडी’ स्क्रिन राख्दै आएको छ। अब आइफोन ८ मा ‘ओएलइडी’ भएको पुरै ५.८ इन्चको स्क्रिन हुनेछ।

    एप्पल इन्साइडर वेबसाइटका अनुसार आइफोन ८ को स्क्रिनमा ‘भर्चुअल’ होम बटन हुनेछ। सामसुङले पहिलेदेखि नै एप्पलका लागि स्क्रिन बनाउँदै आएको छ।

    ‘ओएलइडी’ स्क्रिनमा पनि सामसुङले एप्पलमाथि एकाधिकार जमाउने देखिएको छ। किनकि, सामसुङ मात्र एक यस्तो कम्पनी हो जसले ठूलो परिमाणमा ‘ओएलइडी’ स्क्रिन उत्पादन गर्छ।

    उसले सन् २०१४ देखि ग्यालेक्सी नोट एज सिरिजमा यो स्क्रिन राख्दै आएको छ।

    एप्पलले भने सामसुङलाई ‘ओएलइडी’ स्क्रिनमा एकाधिकार दिन्छ या दिन्न, प्रस्ट छैन। गत साता मात्र उसले यो स्क्रिनका लागि एलजी कम्पनीसँग सहकार्य गर्ने खबर आएको छ। यसबारे हालसम्म कुनै कम्पनीले प्रतिक्रिया दिएका छैनन्।

    एप्पलले एलजीलाई पनि ‘ओएलइडी’ स्क्रिन बनाउने जिम्मेवारी दियो भने सामसुङलाई ठूलै झट्का लाग्ने विश्लेषकहरुको भनाइ छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij