आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘विश्वकै फोटोजेनिक बाँदर’ नेपालमा

  • प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४



  • नेपालको कला, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता बारम्बर अन्तर्राष्ट्रिय लेखका विषय बनिरहेका हुन्छन्।

    विश्वले काठमाडौंको स्वयम्भूनाथ र बौद्ध स्तुप ‘मंकी टेम्पल (बाँदरहरुको मन्दिर)’ का रुपमा चिन्दै आएको छ।

    अहिले विभिन्न सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय समाचारमाध्यममा स्वयम्भूनाथ चर्चामा छ, एक बाँदरका कारण।

    कम समयमा नै इन्टरनेटमा छाउन सफल यो बाँदरले उपाधि पाएको छः विश्वकै फोटोजेनिक बाँदर।

    बज फिड डटकममा उल्लेख भएअनुसार सन् २०१५ मा अध्ययन क्रममा नेपाल भएकाबेला टेलर एलेक्सी नामकी युवतीले स्वयम्भूमा यो बाँदरको फोटो खिचेकी थिइन्। उनले फोटो इन्स्टाग्राममा पोस्ट गरिन्।

    फोटोमा बाँदरले दिएका पोजले सबैको ध्यानाकर्षण गर्यो।

    बजफिडले एलेक्सीसँग कुरा गर्दा उनले यो फोटो काठमाडौंको स्वयम्भूनाथमा खिचेको बताइन्। ‘स्वयम्भूनाथका हरेक बाँदरको स्वाभाव र हाउभाउ फरक छ,’ उनले भनिन्, ‘कुनै बाँदर मान्छे निकट भएको मनपराउँछन्, कुनै तर्किन्छन्। मैले फोटो खिचेको यो भन्ने पूरै चटके थियो।’

    आफूले फोटो खिच्न लाग्दा बाँदरले मोडलिङमा झैं पोज दिएको एलेक्सी सम्झन्छिन्।

    उनले भनिन्, ‘म उसको निकै नजिक थिएँ र उसलाई थाहा थियो म उसको फोटो खिच्दै छु भन्ने। उसले मेरो निकटता सहज मान्यो र फोटोका लागि पोज दिन थाल्यो।’

    एलेक्सीले पोस्ट गरेका फोटामा बाँदरले जीउ तन्काउँदै, बटार्दै पोज दिएको छ। इन्टरनेटमा अहिले यो ‘विश्वकै फोटोजेनिक बाँदर नेपालको स्वयम्भुनाथमा भेटियो’ भन्दै भाइरल भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij