
यो साता नेपाली हलमा २ वटा नेपाली फिल्म प्रर्दशनमा आएको छ। फिल्म ‘ग्याङस्टार ब्लुज’ र ‘भुइँमान्छे’ शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको हो।
यी दुई फिल्मले प्रदर्शनअघि गरेको प्रिमियरमा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएका थिए।
माफियाको कथामा आधारित फिल्म ‘ग्याङस्टर ब्लुज’मा नवअभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री आना शर्माको मुख्य भूमिका छ। यस फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका छन्। फिल्ममा आशिरमान र आनासंगै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ।
यसैगरि शव पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित फिल्म ‘भुइँमान्छे’मा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन्। फिल्मको निर्देशन नवराज बुढाथोकीले गरेका छन्।
फिल्ममा रमेश र सिपोराबाहेक सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ।