आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतबाट सगुन डटकमले खोल्यो दोस्रो चरणको लगानी

  • प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४



  • नेपाली लगानीकर्ताबाट  सुरु भएको  सोसल मिडिया कम्पनी सगुन डटकमले दोस्रो चरणमा लगानीको अवसर खुला गरेको  छ।

    संस्थापक गोविन्द गिरी नेतृत्वको टोली बेलायत आएर शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै  लगानीको अवसर  खुला गरिएको  हो।

    सुरूवाती कम्पनी भएर पनि सगुनले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत लगानी गर्न सकिने प्रबन्ध  मिलाइएको बताएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक एवं सिईओ गिरीले लगानीको लागि आव्हान  गरे ।  नयाँ कम्पनीका रुपमा जोखिम स्वाभाविक रहे पनि सफल हुने प्रशस्त अवसर रहेको दाबी उनले गरे ।

    यो चरणमा  लगानीकर्ताले न्युनतम १ हजार डलरसम्मको लगानी गर्न सक्ने  बताइएको छ ।  सगुनलाई सन् २०२० सम्ममा  ५ बिलियन डलरको  कम्पनी बनाउने लक्ष्य राखिएको छ ।

    त्यस अवसरमा सगुन डटकमका सह-संस्थापक कविन्द्र  सिटौला , ग्लोबल कोअडिनेटर  पर्शु तिमल्सिना, सल्लाहकार घनश्याम राजभण्डारी , पिआर संयोजक अजयबाबु शिवाकोटी, युरोप संयोजक सन्तोष घिमिरेलगायतले कम्पनीको  भिजन, मिसन  र लक्ष्यबारे  प्रिजेन्टेसन गरेका थिए।

    ब्लाइण्ड रक्सकी अभियन्ता सृष्टि केसी र  दुबै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढा मगरले मन्तव्य  राख्दै सगुनलाई  शुभकामना दिए।

    कार्यक्रममा समाजसेवी सूर्य गुरुङ, तमु धी यूके अध्यक्ष ज्ञाम  गुरुङ ,  किशोर सापकोटा , श्री  लिम्बु ,  विश्वासदिप तिगेला,  दिपक श्रेष्ठ, अर्जुन कटुवाल , रमेश  सराङ्कोटी लगायतका बेलायतस्थित  कतिपय  व्यवसायी , समाजसेवी र ईच्छुक  लगानीकर्ता समेतको उपस्थिति  थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij