आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओमानमा एक नेपालीको निधन

  • प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४



  • ओमान । पाँच महिना अघि रोजगारीको लागी ओमान आएका नेपाली को निधन भएको छ ।  नेपालगन्ज बसपार्क बाईपास रोड स्थायी घर भएका २४ बरर्षिय मोहन मल्लको शुक्रबार रात्री सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

    मल्ल छ महिना अघि मात्रै नेपालगन्जको कर्णाली ओभरसिज हुँदै काठमाडौको प्रोटेक्ट मेनपावरमार्फत ओमान ईन्टरनेशनल ग्रुप (OIG) कम्पनीमा कामको लागी आएका थिए ।

    -उनी  बर्काको रुमेसस्थित अल मदिना नजिकैको क्याम्पमा बस्दै आएका थिए ।

    -मस्कटको सिव भन्ने स्थानमामा रहेको अल दिवान कम्पनीमा उनी कार्यरत थिए ।

    -शुक्रबारको दिन उनको बिदा थियो ।

    -दिनभर  साथीभाईसँग सुख दुखका कुरा गरि साँझ खाना खाएर सुतेका मोहन बिहान अबेरसम्म उठेनन् ।

    -पछि उनलाई उठाउन खोज्दा मृत्यु उनको भैसकेको सोही कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले रातोपाटीलाई बताए ।

    कम्पनीको यो क्याम्पमा करिव १४-१५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ललाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियो ।

    नेपालगन्ज भृकुटीनगरका भुपाल थापाले भावुक हुँदै भने,
    -मोहन नयाँ थियो उसलाई भाषा त्यत्ति आउदैँनथ्यो ।
    -राती १-२ पटक उनी कराएका थिए अरे ।
    -तर नेपालिमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन ।
    -त्यो अवस्थामा कोही नेपाली साथमा भएको भए कमसेकम  केहि सहयोग गर्न सकिन्थ्यो । तर, साथमा नहुँदा त्यस्तो गर्न सकिएन ।
    -यहाँ प्राय नेपाली कामदारहरुलाई अलग-अलग कोठामा राख्ने गरिन्छ ।

    पोष्टमार्टम : शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियोे । घटनास्थल निरीक्षण गरेर  रोयल ओमान पुलिसले  निजको शवलाई पोष्टमार्टमको लागि लगेको छ ।

    के भन्छ दूतावास ?
    खवर सार्वजनिक भएपछि  यस समबन्धमा दुतावासका कर्मचारी रमेश प्रसाद आर्याल लाई सोध्दा  कम्पनीबाट अहिलेसम्म आधिकारीक जानकारी नआएको बताए । उनले भने ‘सायद शनिबार बिदा परेको कारण हुन सक्छ कम्पनीले अहिलेसम्म केही जानकारी नदिएको । आईतवार कार्यालय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विषयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।’

    सोहि कम्पनीमा कार्यरत नाताले शोल्टी पर्ने दैलेखका बिवश बहादुर शाहिका अनुसार,
    -उनको तीन महिनाको छोरा छ ।
    -करिव डेढ दुई वर्षअघि उनले विवाह गरेका थिए ।
    -मोहनको परिवारमा श्रीमति, छोरा दाई भाउजुको परिवार छन् ।

    घटनाको बारेमा बिवशले फोन गरेर शनिबार परिवारलाई जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij