आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यमा राजीनामा दिने !

  • प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४



  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यसम्ममा राजीनामा दिने आँकलन उनी निकट एक पत्रकार एवं लेखकले गरेका छन् ।

    ट्रम्पका लागि पुस्तक लेखनमा सघाइसकेका पत्रकार एवं लेखक टोनी श्वार्टजले यस वर्षको अन्त्यसम्ममा राष्ट्रपति ट्रम्पले राजीनामा दिने बताएका हुन् ।

    उनले १६ र १७ अगस्टमा राष्ट्रपति ट्रम्पको राजीनामाबारे ट्वीट गरेका छन् । एउटा ट्वीटमा उनले भनेका छन्, ‘अर्को वर्ष पनि ट्रम्प राष्ट्रपति रहिरहेमा मलाई आश्चर्य हुनेछ ।’

    यसैबीच अमेरिकी सिनेटर बब कार्करले पनि राष्ट्रपतिका रुपमा ट्रम्पको क्षमतामाथि प्रश्न उठाएका छन् । ट्रम्पमा अमेरिकाको नेतृत्व गर्ने क्षमता र संयम नरहेको उनको भनाइ थियो ।

    अमेरिकी पूर्व उपराष्ट्रपति अल गोरले प्रष्ट शब्दमै ट्रम्पले राजीनामा दिनु पर्ने बताएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन्, ‘ट्रम्पलाई मैले एउटामात्रै सल्लाह दिने हो भने निश्चय नै म उनलाई राजीनामाका लागि सल्लाह दिन्छु ।’

    पछिल्लो समय उत्तर कोरियासँगको तनाव, रुससँगको सम्बन्ध, इरानसँगको सम्बन्ध लगायतका विभिन्न मुद्दामा ट्रम्पको आलोचना बढ्दै गएको छ । ट्रम्पले आफ्नो प्रशासनमा समेत बारम्बार हेरफेर गर्दै आएका छन् । धेरैले उनलाई अदुरदर्शी नेताका रुपमा लिन थालेका छन् ।

    यस्तो अवस्थामा ट्रम्पले पुरा कार्यकाल अमेरिकाको नेतृत्व गर्नेमा आशंका स्वाभाविक रुपमा उब्जिन थालेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij