आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत–चीन सीमा विवादमा जापान मुछिएपछि चीनको कडा चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, भदौ ६, २०७४



  • भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको विवादमा जापानले भारतको पक्ष लिएको समाचार आएपछि जापानी राजदुतलाई चिनियाँ विदेश मन्त्रालयले सीमा विवादमा नअल्झिन चेतावनी दिएको छ ।

    सोमबार (आज) चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनवींगले जापानले सीमा विवादको यथार्थता बुझेर तथ्यको अध्ययन गर्नुपर्ने बताउँदै जथाभावि नबोल्न चेतावनी दिएको हो ।

    प्रवक्ता हुआ चुनवींगले भने, ‘मैले सबै रिर्पोटहरु अध्ययन गरेको छु, भारतमा जापानका राजदूत भारतको पक्षमा बोल्न चाहन्छन् । तर, म उनलाई के चेतावनी दिन्छु भने जापानले दुई देशबीचको विवादमा बोल्नुपुर्व तथ्य र वास्तविकताको अध्ययन गरोस् ।’

    प्रवक्ता चुनवींगको भनाई आएपछि चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स‘ले चीन–भारत सीमा विवादमा जापान पसेकोले र यसको परिणाम सकरात्मक नहुने उल्लेख गरेको छ ।

    चुनवींगका अनुसार जापानले कुटनीतिक तहमै भारतको पक्ष लिएको छ । साथै, कसैलेपनि बलपूर्वक यथास्थितिलाई बदल्न हुन्न । भारतले आफ्नो सेना तथा अन्य उपकरणहरु सीमा क्षेत्रबाट फिर्ता लानुपर्नेछ अन्यथा कुनै सकरात्मक कुराकानी संभव छैन् ।

    चिनियाँ पक्षले सीमा विवादको तीनओटा तथ्य बताउँदै आएका छ । प्रवक्ता चुनवींगका अनुसार पहिलो– विगत १२७ वर्षदेखि परम्परागत रुपमा दुबै देशले मान्दै आएको सीमानालाई पछिल्लो समयमो भारतले अवैध तरिकाले सीमा अतिक्रमण गरेको छ ।

    दोस्रो–भारतले अनावश्यक रुपमा सीमा अतिक्रमण गरेर हामीलाई उक्साउने र यथास्थितिको परिवर्तन गर्ने काम गरेको छ । र तेस्रो तथ्यमा चीनका माग राखेको छ, भारतले सीमा उल्लंघन गरेका आफ्ना सैनिक र उपकरण फिर्ता गरोस् ताकी हामी दुबै देशबीच निर्णायक कुराकानीको सुरु गर्नको लागि पहिलो शर्त हुनेछ ।

    सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बताइरहँदा यता भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिँहले भारतले कुनै देशलाई आक्रमण र सीमा उल्लघंन नगरेको बताएका छन् ।

    भारत–तीब्बत सीमा पुलिस (आईटीबीपी)को एक कार्यक्रममा गृहमन्त्री सिँहले भारतको सीमा विस्तार योजना नरहेको स्पष्टिकरण दिँदै भारतीय सुरक्षा बल कुनैपनि स्थितिको सामना गर्न सक्षम रहेको कडा जवाफ दिएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij