प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४
दक्षिण भारतका सुपरस्टार अजीत कुमारको तामिल फिल्म ‘विवेगम’ ले वर्षकै उत्कृष्ट फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्दै व्पपार गरिरहेको छ। फिल्म रिलिज भएको ४ दिनमै यसले पुरानो फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै गएको छ।
फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै रेकर्डतोड व्यपार गरेको छ। शनिबारसम्म फिल्मको कमाई ६७.९२ करोड भारु कमाएको थियो। यो फिल्म यस वर्षको पहिलो हप्तामा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ। फिल्मको पहिलो दिनको कमाई २५.८३ करोड भारतीय रुपैया रहेको छ।

‘विवेगम’ तामिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय स्पाइ थ्रिलर हो। यस फिल्मको निर्देशक शिवा हुन्। फिल्ममा विवेक ओवराय, अक्षरा हासन र काजल अग्रवालको अभिनय रहेको छ। विवेक ओवराय खलनायकको भूमिकामा छन्।
फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गएको छ र यसको चर्चा पनि चुलिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij