आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसियन रोड शो मा नेपालको ऐतिहासिक सहभागिता

  • प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४



  • जर्मनीको ठूलो टूर अपरेटर एफटिआइ टुरिस्टिकद्वारा अगष्टको २१ देखि २५मा जर्मनीका ठूला ५ शहरमा आयोजित रोड शो मा नेपालको अभूतपूर्व सफल सहभागिता भएको छ । नेपाल पर्यटन बोर्डले नेपाललाई जर्मनीका शहरहरु–ह्यामबर्ग, एस्सेन, मेनहेम, वुजवर्ग र ड्रेसडेनमा प्रतिनिधित्व गर्दा जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डबाट २२०० भन्दा बढी टुरअपरेटरहरु सहभागी भएका थिए ।

    यो नेपाल पर्यटन बोर्डको अन्तराष्ट्रिय टूरअपरेटरसँगको सहकार्यमा प्रबद्र्धनात्मक कार्यक्रम गर्ने पहिलो प्रयास हो । पाँचै शहरमा बोर्डले नेपाल बारेमा विशेष प्रस्तूति एसियाका अन्यरुचाइएका गन्तब्यहरु–चीन, थाइल्याण्ड, टाइवान, सिँगापुर सँगै गरेको हो ।

    प्रत्येक कार्यक्रममा ८० भन्दा बढी एजेण्टहरु सहभागी थिए जसले नेपाली लगाएतका सहभागी बिटुबी छलफल गरे । श्रब्यदृश्य माध्यमबाट नेपाल बारेमा घतलाग्दो गन्तब्य प्रस्तुति पनि यी अवसरहरुमा गरिएको थियो ।

    सहभागी एजेण्टहरुलाई नेपाल प्याकेज किन बेच्ने, के अनुभव गर्न हेर्न पाइन्छ, सुरक्षाप्रत्याभूतिका समेतमा जानकारी गराइएको थियो । विक्रेताका रुपमा नेपालको सहभागिता एजेण्टहरुले औधि रुचाए । नेपाल मात्रै दक्षिण एसियाबाट सहभागि देश भएकाले फाइदा पनि यो अवसरमा राम्रो मिलेको थियो ।

    सहभागीलाई बाँडिएको ढाकाको सल पनि सबैलाई राम्रो चिनो भएको देखिएको थियो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो कार्यक्रम मार्फत बोर्ड सोझै अन्तराष्ट्रिय टूर अपरेटरहरुसँग जोडिएको बताए। आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने र यस्ता कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा आयोजक जर्मनीको टूर अपरेटर एफटिआइ टुरिस्टिकसँग बोर्ड अनुग्रहित रहेको जोशीले बताए।

    नेपालको मानार्थ कन्सुल जेनेरल रामप्रताप थापाले कार्यक्रमहरुमा सहभागीहरुलाई प्रस्तुति गरेका थिए। नेपाल पर्यटन बोर्डलाई प्रबन्धकहरु श्री लेखनाथ भुषाल, श्री श्रद्धा श्रेष्ठ र मानार्थ जनसम्पर्क प्रतिनिधि श्री सन्तोष भट्टराईले प्रतिनिधित्व गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij