आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

केन्यामा फेरि राष्ट्रपतीय निर्वाचन गर्न अदालतको आदेश

  • प्रकाशित मिति : शनिबार, भदौ १७, २०७४



  • केन्याको सर्वोच्च अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न शुक्रबार आदेश दिएको छ ।

    अदालतले विगत ६० बर्षदेखि भइरहेको अभ्यासलाई अवलम्बन गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन् ।
    सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहुरु केन्याटा निर्वाचित भएको घोषणा अनियमित भएको बताए।

    उनले भने, “गत अगस्त ८ मा भएको राष्ट्रपतीय निर्वाचन संविधान अनुसार भएको थिएन । त्यसैले त्यो घोषणा पनि त्रुटिपूर्ण र अवैधानिक थियो ।”

    केन्याको विपक्षी गठबन्धन ‘नेशनल सुपर एलाइन्स‘को तर्फबाट राष्ट्रपति पदका उम्मेदबार बनेका नेता राईला ओडिङगाले केन्याटालाई विजयी घोषणा गर्नु गलत भएको भन्दै निवेदन दिएका थिए।

    निवेदनमा ओडिङगाले निर्वाचनका बेला निर्वाचन सामग्रीहरुको व्यापक दुरुपयोग भएको र यन्त्रहरु ह्याक गरेर अनियमितता गरिएको आरोप लगाएका छन्।

    अदालतका चार जना न्यायाधीश निर्वाचनमा गलत भएको पक्षमा थिए भने अरु दुई जना निर्वाचनमा त्रुटी नभएको दावी गरेका थिए ।

    प्रधानन्यायाधीश मारागाले स्वतन्त्र निर्वाचन आयोगले कानुन अनुसार निर्वाचन गराउन असफल भएको वा वेवास्ता गरेको बताए।
    यसैबीच, अदालतले फेरी निर्वाचन गराउन आदेश दिएपछि विपक्षी समर्थकले खुशीयाली मनाएका छन् ।

    हजारौ विपक्षी सर्वोच्च अदालत अगाडी भेला भएर नाचगान गर्दै अदालतको आदेशको स्वागत गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

    उनीहरुले व्यानर, प्लेकार्ड सहित विजय ¥यालीको रुपमा देशभरका अन्य ठाँउहरूमा पनि खुशीयाली मनाएको बताइएको छ । रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij