आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्यालेस्टिक मिसाइलमा राख्न मिल्ने आणविक बम बनाएको उत्तर कोरियाको दाबी

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • काठमाडौं । उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने नयाँ आणविक हतियार विकसित गरेको दाबी गरेको छ ।

    उत्तर कोरियाली सञ्चारमाध्यमहरुले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरीक्षणसमेत गरेको तस्बिर सार्वजनिक गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

    उत्तर कोरियाले अत्याधुनिक हतियार बनाइरहेको भए पनि मिसाइलमा लोड गर्न सक्ने परमाणु हतियारको विकास गरेकोमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

    तर प्योङयाङले भने संयुक्त राष्ट्र संघको नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद परमाणु हतियार विकास गरेको र यो अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ ।

    अघिल्लो हप्ता उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानमाथिबाट प्रशान्त महासागरमा प्रहार गरेपछि क्षेत्रीय तनाव झनै उत्कर्षमा पुगेको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij