आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसकारण उत्तर कोरियामाथि हमला गर्न हिच्किचाउँछ अमेरिका

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • प्योङयाङ्ग । उत्तर कोरियाले हाल सम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण सफल भएको दाबी गरिरहँदा अमेरिकाले सैन्य कारवाहीको विकल्पबारे विचार गरिरहेको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।

    त्यसो त, अमेरिकाले यसअघि नै उत्तर कोरियालाई पटक–पटक चेतावनी दिइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । किन उत्तर कोरियाले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै आएको छ ? धेरैको मनमा प्रश्न उठ्नु स्वाभाविक हो ।

    महशक्ति राष्ट्र अमेरिकालाई उत्तर कोरियाले टक्कर दिनुमा चीनसँग उत्तर कोरियाको सम्बन्ध नै मूख्य आधार हो । उत्तर कोरिया र चीन आपसमा मित्र राष्ट्रमात्र नभएर दुई मुलुकबीच सामरिक विषयमा भएको एउटा महत्वपूर्ण सम्झौताले उत्तर कोरियामाथि हमला गर्न बाँकी विश्वलाई निकै चुनौतीपूर्ण भएको हो ।

    उत्तर कोरियाप्रति चीनको धारणा

    उत्तर कोरिया र चीनबीच आर्थिक साझेदारीमात्र नभएर सामरिक साझेदारी पनि छ । यी दुई मुलुकबीच भएको एक सम्झौताअनुसार उत्तर कोरियामाथि हमला गर्नु भनेको चीनमाथि हमला गर्नु सरह हुन्छ ।

    सन् १९६१ मा उत्तर कोरिया र चीनबीच एक सम्झौता भएको थियो । ‘चीन–उत्तर कोरिया पारस्परिक सहायता र सहयोग मित्रता सन्धी’ नाम दिइएको सो सम्झौतामा यी दुबैमध्ये कुनै पनि मुलुकमाथि बाह्य हमला भएको अवस्थामा एकले अर्कोलाई तत्काल सहयोग गर्ने उल्लेख छ । यो सन्धीको अवधि पछिल्लो पटक सन् २०२१ सम्मका लागि नविकरण गरिएको छ ।

    यही सन्धीमा टेकेर उत्तर कोरियाले आफूलाई बाह्य मुलुकबाट सुरक्षित तुल्याएको छ भने चीनले आर्थिक हित हासिल गरेको छ ।

    अमेरिका र चीनबीच सम्झौता

    अमेरिका र चीनबीचको सम्झौताले पनि युद्धको अवस्थामा चीनले उत्तर कोरियालाई साथ दिने बाटो सुरक्षित राखेको छ । सन् १९५० देखि १९५३ सम्म उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको युद्धमा चीन र रुसले उत्तर कोरियाको साथ दिएका थिए ।

    संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम सम्झौता भएको थियो । यो सम्झौता अन्तर्गत अमेरिका र चीनबीच एउटा समझदारी भएको थियो, जसमा अमेरिकाले भविष्यमा उत्तर कोरियामाथि हमला गरेमा युद्धविराम तोडिएको मानिने छ । युद्धविराम तोडिएसँगै चीनलाई अमेरिकासँगको सम्झौता पालना गर्ने बाध्यता पनि अन्त्य हुन्छ ।

    अमेरिकालाई खुला चुनौती

    उत्तर कोरियाले अमेरिकालाई पछिल्लो समय खुला चुनौती दिदैं आएको छ । उत्तर कोरियाले गुआमस्थित अमेरिकी सैन्य बेस क्याम्पलाई निशाना बनाउने चेतावनी दिइरहेको छ । यसअतिरिक्त पछिल्लो समय उत्तर कोरियाद्वारा परीक्षण गरिएका क्षेप्यास्त्र र परमाणु हतियार अमेरिकालाई निशाना बनाउन केन्द्रीत रहेको दाबी गरिएको छ ।

    अमेरिकाले बारम्बार उत्तर कोरियालाई परमाणु कार्यक्रमसम्बन्धी उत्तेजना नियन्त्रण गर्न चेतावनी दिए पनि उत्तर कोरियाले अमेरिकाका ती भनाइलाई बेवास्ता गर्दै लगातार परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । भनिन्छ, चीन कै भरोसामा उत्तर कोरियाले अमेरिकाको चेतावनीका बाबजुद आफ्नो परमाणु शक्ति बढाइरहेको छ ।

    उत्तर कोरियाले परमाणु शक्तिमा एकपछि अर्को उपलब्धि हासिल गरिरहँदा पनि सैन्य कारवाहीका लागि अमेरिकाले निर्णय गर्न नसक्नुमा उत्तर कोरियाको पक्षमा चीनको साथ रहनु नै महत्वपूर्ण कारण रहेको बताइन्छ । चीनले संयुक्त राष्ट्र, सुरक्षा परिषदमा पनि उत्तर कोरियाविरुद्धको सैन्य विकल्पलाई ‘भिटो’ प्रयोग गरी रोक्न सक्छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij