आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘उत्तर कोरियाले नयाँ युद्धको आह्वान गर्‍यो, अमेरिकाले धेरै धैर्य गर्न सक्दैन’

  • प्रकाशित मिति : मङ्लबार, भदौ २०, २०७४



  • अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध आह्वान गरेको आरोप लगाएको छ ।

    संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक शक्तिशाली परमाणु बम परीक्षण गरेर नयाँ युद्धको आह्वान गरेको बताएका हुन् ।

    उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत हेलीले उत्तर कोरिया र नेता किमले युद्धको शुरुवात गरेको बताएका हुन् ।

    अमेरिका युद्धको पक्षमा नरहपनि अब धैर्य धेरै नटिक्ने हेलीको भनाई छ । उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउन अमेरिकाले प्रस्ताव गरेको छ ।

    उत्तर कोरियाको मूख्य सहयोगी देखिएको चीनले भने वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ ।

    परमाणु परीक्षणको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सोमबार मात्र लाइभ–फायर एक्सरसाइज गरेको थियो ।

    यसैबीच, उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको बताइएको छ ।

    उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको विश्लेषण गरिएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij