आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानमारमा जातीय हिंसा रोक्न नोबेल पुरस्कार विजेता मलालाको आह्वान

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • इस्लामावाद । म्यानमारका रोहिन्ग्या मुस्लिमको रक्षाका लागि नोबेल पुरस्कार विजेता मलाला यूसफजाईले आह्वान गरेकी छन् ।

    उनले अल्पसंख्यक रोहिन्ग्या समुदायको रक्षाका लागि हस्तक्षेप गर्न विश्व समुदायलाई अपील गरेकी हुन् । उनले म्यानमारकी नेतृ आङसाङ सू चीलाई पनि रोहिन्ग्याकाबारेमा बोल्न आग्रह गरेकी छन् ।

    लाखौंको संख्यामा मानिस घरबारविहीन भइरहँदा हामी नबोली रहन सक्दैनौं भन्दै मलालाले म्यानमारमा भच्चाइएको हिंसा सम्बोधनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् ।

    म्यानमारको रखाइन प्रान्तमा रहेका अल्पसंख्यक मुस्लिम समुदायमाथि राज्यबाट चरम दमन गरिएको, उनीहरुको गाउँ गाउँ नै आगो लगाएर खरानी बनाएको र हिंसा सहन नसकेर डेढ लाखभन्दा बढी रोहिन्ग्या देश छाडेर बंगलादेशमा शरण लिइरहेको बताइएको छ ।

    म्यानमार सरकारले भने यसरी आएका खबर सबै झूठ भएको भन्दै मुस्लिम समुदाय स्वयंले आफ्नो गाउँ जलाएको तर्क गरेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij