आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन: नेपाली भाषाको बिश्वब्यापीकरणमा जोड

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • विश्वब्यापी रूपमा हरेक २ वर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा भब्य रुपमा सम्पन्न भएको छ। अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा सम्पन्न पाँचौ साहित्य सम्मेलनका दौरान अनेसासको कार्र्य्दिशा तथा नेपाली भाषालाई बिश्वब्यापीकरण गर्ने बारे बहस चलाइएको थियो।

    सम्मेलनलाई अनेसास केन्द्रीय समितीसँगको संयोजनमा अनेसास पर्थ च्याप्टरले आयोजना गरेको थियो। बरिष्ठ कवि साहित्यकार तुलशी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नेपालबाट आउनुभएका प्रा. डा. सन्जिव उप्रेती, डा. लक्ष्मण प्रसाद गौतम, राधेश्याम लेकाली, एल बि क्षेत्री, युवराज नयाँघरे एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिपक शर्मालगायत दर्जन साहित्यकारहरु प्रवासको साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नुका साथै आआफ्ना बिचार ब्यक्त गरेका थिए।

    सम्मेलनमा अमेरिकाबाट केन्द्रीय अध्यक्ष पदम बिश्वकर्मा तथा बिशेष अतिथीका रुपमा एनआरएनका उपाध्यक्ष भवन भट्टको उपस्थीती रहेको थियो। यता अष्ट्रेलियाको सिड्नी, मेल्बर्न, ब्रिजबेनबाट पनि थुप्रै साहित्यकारकारले सम्मेलनमा सहभागी जनाएका थिए।

    सम्मेलनमा नेपालबाट “बर्तमान नेपाली साहित्यको मुलप्रवाहमा डायस्पोरा साहित्य” बिषयकमा प्रा डा लक्ष्मण प्रसाद गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा बर्षको ‘अनेसास राम लामा सर्बोत्कृट पुरस्कार’ सम्मेलनका दौरान संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथी कवी तुलसी दिवसले शब्दहरुको खेतीगर्नेहरुका लागि यस्ता सम्मेलन साच्चीकै अर्थपुर्ण हुने बताए। उनले समाजको प्रतिनिधीत्व अक्षरले गर्ने हुँंदा यसको सम्वर्धन र संरक्षण अहिलेको आवश्यकता रहेको औलाए। कार्यक्रममा गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष भवन भट्टले भाषा र साहित्यनै मुलुक चिनाउने र जोडने माध्यम रहेको हुँदा यसको सरंक्षण र बिकासमा एनआरएनले हात बढाउने बताए। भट्टले आफुद्धारा रचित गितवाट मन्तब्य प्रारम्भगर्दै बर्षेनी एक हजार डलरको साहित्य पुरस्कारको घोषणा समेत गरेका थिए।

    सम्मेलनमा बिशेषत अनेसास र यसको कार्यदिशाबारे छलफल केन्द्रित गरिएको थियो। दुइ दिने साहित्य सम्मेलन सोचे अनुरुप सफल भएको अनेसासका केन्द्रिय सचिब तथा पर्थ च्याप्टर संयोजक गणेश घिमिरेले बताए। साथै नेपाली भाषालाई कसरी बिश्वव्यापीकरण गर्न सकिन्छ भन्ने मुल उद्देस्यका साथ यो सम्मेलनको आयोजना भएको हो ,यसमा हामी केहि हदसम्म सफल भएका छौ, घिमिरेले सुनाए।

    सम्मेलनका दौरान पर्थबाट प्रकाशित दुई पुस्तकहरु “यादहरुको पहाड” र एनआरएन अस्ट्रेलियाका सदस्य राजेश बुढाथोकीको “जलीरहेको एउटा देश” अनेसास उपाध्यक्ष भिमसेन सापकोटाको पेन ड्राइभ कार्डमा समेटिएको “सफल जिवनका अमुल्य सुत्रहरु ” सहित एक दर्जन कृतीहरु लोकार्पण गरिएको थियो। झन्डै २५ वर्षे  इतिहास बोकेको अनेसासले विश्वका ४० भन्दा बढी देशमा ८४ भन्दा बढी शाखाहरु बिस्तार गर्न सफल छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij