आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्ध, अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ ।

    फाइल फोटो

    राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो ।

    उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् ।

    नयाँ प्रतिबन्धमा उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित रहेको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

    सोमवार (हिजो) नै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाए अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी दिएको थियो । साथै, सरकारीसन्चारमाध्यम ‘रोडोङ सिन्मुन’मार्फत उत्तर कोरियाले अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने ‘रक्तपिपाशु जनावर’ भएको आरोपसमेत लगाएको थियो ।

    उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको थियो ।

    सुरक्षा परिषद्मार्फत चीनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij