आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुलुकभरको तापक्रम एक्कासी वृद्धि, यस्तो छ तापक्रम बढ्नुको कारण

  • प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४



  • काठमाडौं, भदौ ३१ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

    आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ ।

    खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ ।

    ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् ।

    मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

    “वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन ।

    अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक÷दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ,”–उनले भने ।

    मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउँसो ताते पनि साँझपख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ ।

    यो वर्ष १२ जुन (जेठ २९ गते) बाट नेपालमा मनसुन शुरु भएको थियो ।

    सामान्यतः सेप्टेम्बर २६ (असोज ८ गते) मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद्को आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज सबै भन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपालगञ्जमा ३२ डिग्रिसेल्सियस रहेको छ ।

    सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ । आज काठमाडौंको अधिकतम २९ र न्यूनतम १८ डिग्रिसेल्सियस रहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij