उनले भनेका छन्,‘आज मलाई महसुश भइरहेको छ की तपाईहरुको लागि केही गरुम, बुझ्नुभएन? म तपाईलाई बताउँछु। परिवारको लागि बिइंगइनटच एक विषेश उपहार हो। यो उपहार यो हो की यस एप्लिकेशनमा विषेश अडिसन सेक्सन छ।’

उनले यस एप्लिकेशनमार्फत आफ्नो प्रतिभा डविङ गरेर लिंक पठाउन आग्रह गरेका छन्। उनले भनेका छन्,‘तपाई सबैमा केही न केही प्रतिभा छन्। कोही गायक छन् कोही अभिनेता छन्, कोही नर्तकी छन्’। यो एप्लिेकेशनमा प्रोफाइल र भिडियोको लिंक हालेर आफ्नो प्रतिभा अगाडी ल्याउनुहोस्।’
सलमानले निर्देशक मुकेश छाबडाले भिडियोलाई छनोट गर्ने जानकारी दिए। उनले एकपटक छनौटभएपनि आफुहरु भेट्ने जानकारी दिँदै पहिलो प्रतिभा उनीहरु अभिनेत्री छनोटको लागि देखिरहेका छन्। उनले सबैलाई शुभकामना दिँदै छिट्टै प्रोफाइल पठाउन आग्रह गरेका छन्।
सलमानले एक ट्वीट मार्फत पनि सबै प्रतिभावानहरुलाई आफ्नो प्रतिभाको भिडियो पठाउन आग्रह गरेका छन् र सबैलाई शुभकामना पनि दिएका छन्।
