प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४
निलम ओली , दाङ । दाङको घोराहीमा टाटा कम्पनीको टिगोर भन्ने गाडीको आज लन्चीङ कार्यक्रम उदघाट्न गरिएको छ । नेपाली कांग्रेसका सभाषद द्वय राजु खनाल र अनिता देबकोटा, नेपाली कांग्रेस दाङका क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति भुप बहादुर डाँगी, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य ध्रुव श्रेष्ठ, घोराही उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,बाणिज्यका उपाध्यक्ष टंक सिङ बुढाथोकी उद्योग उपाध्यक्ष बसन्त जो.शि. लगायतले संयुक्तरूपमा गाडीको लन्चीङ कार्यक्रम उदघाटन गर्नुभएको हो ।
युवापुस्तालाई लक्ष्यित गरि तयार गरिएको यो गाडीमा करिब १० लिटर जतिको फृज फिट गरि
एको र डाक्टर, निन्जियर, पाईलट, प्रोफेसरहरु र ब्यापारीहरु पनि यो गाडीको निकै फ्यान बनेको कम्पनीका फिल्ड अफिसर डिलर प्रमुख नितेश हुमागाईले बताउनुहुन्छ । यो गाडीको डिजाइन ईट्ली,यु के र पुणामा गरिएको बताईको छ । भर्खरै केही दिन पहिले काठमाडौको थापाथली स्थित गाडीको प्रथम सो रूम खोलिएको र दोस्रो सोरुमको रूपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
३ वटा सिलिन्डर ,आधुनिक म्युजिक सिस्टम,गाडीको हाईट जमीन को तह बाट १७० एम एम हुने भएकोले खाल्टाखुल्टिमा सजिलोसँग चलाउन सकिने १२० देखी १४० सम्म सजिलोसँग कुदाउन सकिने आधुनिक डिक्की भएको यो गाडीले १ लिटरले १८ किलोमीटर गुड्ने डिलर प्रमुख हुमागाई बताउनुहुन्छ । सोहि लन्चीङ कार्यक्रममा ५ वटा गाडीहरू बिक्रि भएको जिल्लाका डिलर प्रमुख सरोज शाहले बताउनुभयो । आज गाडी खरिद गर्नेहरु महेन्द्र बहुमुखी क्याम्पस दाङका प्रोफेसर दिनेश भट्टराई,होटल सिटि गार्डनका प्रोप्राईटर किरण घर्ती,पुर्ण गिरि, क्रसर उधोगका संचालक रबिन डाँगी र सिद्धार्थ हार्ड्वेयरका प्रोप्राईटर रोषण डाँगी लगायत हुनुहुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij